शनिबार, आश्विन १७ गते २०८३

बिख्यात बनस्पतिशास्त्री बैज्ञानिक दयानन्द बज्राचार्यकाे स्मरण 

कार्तिक २५, २०७८ बिहीबार
बिख्यात बनस्पतिशास्त्री बैज्ञानिक दयानन्द बज्राचार्यकाे स्मरण 
नेपालका बिख्यात बनस्पतिशास्त्री, नेपाल बिज्ञान तथा प्रबिधि प्रतिष्ठान (नाष्ट)का पूर्व उपकुलपति तथा देशको बैज्ञानिकीकरणका लागि चिन्तित एकजना अनुभवी बैज्ञानिक प्राध्यापक डा. दयानन्द बज्राचार्यको ६८ बर्षको उमेरमा ९ बर्ष अघि अर्थात आजकै दिन  कार्तिक २५ गते असामयिक दुःखद निधन भएकाे थियाे । यसरी नेपालको बैज्ञानिक जगतले एकजना असल बैज्ञानिकलाई गुमाएको थियाे ।
खाशगरी नेपालको बानस्पतिक जैबिक बिविधताप्रति उहा एक निकै उत्साही र तिनको पेटेण्ट हुन नसकेकोमा चिन्तित मात्रै हुनुहुन्थेन बिज्ञान र प्रबिधिको बिकास सम्वन्धमा  राज्यको उपेक्षापूर्ण र तिरस्कृत ब्यबहारप्रति निकै खरो आलोचक पनि हुनुहुथ्यो ।
 
भारतबाट स्नातकोत्तर र जर्मनीबाट बिद्याबारिधी(पीएचडी) गर्नु भएका प्रा. बज्राचार्यका बिज्ञान र प्रबिधि सम्वन्धि ९ वटा किताब र ४० भन्दा बढी अनुसन्धानमूलक अन्तर्राष्ट्रिय तथा राष्ट्रिय महत्वका कृति तथा सयभन्दा बढी लेख प्रकाशित रहेकाे जानकार बैज्ञानिकहरू उल्लेख गर्दछन्र । उहाँप्रति उच्च सम्मानकासाथ हार्दिक श्रध्दा सुमन  !