राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता प्रक्रिया खुल्ला गर्ने भएको छ ।
सफ्टवेयर निमार्ण र परिक्षण सम्पन्न भएसँगै दर्ताको काम भोलीबाट सुरु गर्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणले असोज १० गते ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ (प्रथम संशोधन)’ जारी गरेको थियो । मापदण्ड जारी भएपनि सफ्टवेयर निमार्ण नहुँदा दर्ता प्रक्रिया अघि बढ्न सकेको थिएन्।
भोली एक कार्यक्रमको बीच सफ्टवेयर लञ्च गर्ने र त्यसपछि सहकारीहरुले दर्ताका लागि आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ । सफ्टवेयर लञ्च भएको दुइ महिनाभित्र बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरु प्राधिकरणमा दर्ता भइसक्नुपर्ने छ ।
नेपालपत्र संवाददाता