शनिबार, आश्विन १७ गते २०८३

निकारागुवामा डेनियल ओर्टेगा पुनः राष्ट्रपतिमा बिजयी

कार्तिक २४, २०७८ बुधबार
निकारागुवामा डेनियल ओर्टेगा पुनः राष्ट्रपतिमा बिजयी

ल्याटिन अमेकिी देशको सान्दिनिस्ता पार्टीका नेता डेनियल ओर्टेगा पुनः राष्ट्रपति पदमा भारी मतले बिजयी बनेका छन् । यद्यपि  उनलाई पराजित  गराउँन साम्राज्यवादी अमेरिकाले अनेकौं नाकाबन्दी लगाएको थियो । अनेकौं  पटक अपदस्त गराउँन षडयन्त्र गरेको थियो । उनलाई हराउन साम्राज्यवादी संचार जगतकै प्रयोग गरेर ओर्टेगा र उनको शासनकाललाई बदनाम गरी ठूलो राक्षसीकरण गरिएको थियो ।
तर सामाजिक कार्यमा सम्पूर्ण जनतालाई गोल्बन्द गर्न र महिला र पुरुषवीचको खाडललाई अन्त्य गर्न सफल रहेका राष्ट्रपति ओर्टेगाले नबउदारवादी अर्थ नीतिका बदलामा समाजवादी अर्थनीतिलाई सही ढंगले लागू गर्दै गएकाले अमेरिकाको जालझेलको पनि केही लागेन ।
ओर्टेगा र निकारागुवा विपतको घडिमा क्यूबा, भेनेजुएला, बोलिभिया लगायतका देशहरु सँधै एक ढिक्का भएर खडा भएका थिए ।
ओर्टेगाले यसपटक  ७० प्रतिशत भन्दा बढी मत ल्याई बिजयी भएका छन भने उपराष्ट्रपति रोजारिओ मोरिल्लो लगायत उनको प्यानल बिजयी बनेको छ ।