शनिबार, आश्विन १७ गते २०८३

छठ पर्ब लोक तथा  वैदिक संस्कृति समन्वयको महापर्व

कार्तिक २४, २०७८ बुधबार
छठ पर्ब लोक तथा  वैदिक संस्कृति समन्वयको महापर्व

सूर्यको उपासनामा केन्द्रित आस्थाको महापर्व मानिएको छठको पहिलो दिन ‘नहाय–खाय’कोरुपमा जानिन्छ । यस दिन सबैभन्दा पहिला घरको सर–सफाई गरिन्छ र यसलाई पबित्र तुल्याइन्छ । त्यसपछि छठ–ब्रतीले कुनै नदी, जलाशय र तलाउनमा गएर स्नान गर्दछन् । अनि नङ्ग आदि काटेर स्वच्छ पानीले राम्रोसँग टाउको नुहाँउदै स्नान गर्दछन् । त्यसो गरेर घर फर्कदा साथमा पबित्र गंगाजल लिएर पनि आउँदछन् त्यसको उपयोग खाना बनाउनमा गरिन्छ । घरको वरिपरी पनि यस दिन सफा राखिन्छ । 
 ब्रतीले यस दिन केवल एक छाक मात्र खाना खाने गर्दछन् । खानामा फर्सीको सब्जी, मूग र चनाको दाल र भातको उपयोग गर्दछन् । यो खाना पनि कास या माटोका बर्तनमा पकाउने गरिन्छ । खाना पकाउन पनि आपको दाउरा र माटोले बनेको चूल्हो प्रयोग गरिन्छ । यसरी खाना बनेपछि सर्बप्रथम ब्रतीले खाना खान्छन् ।त्यसपछि परिबारका अन्य सदस्यले प्रसाद लिन्छन् ।छठ पर्बको दोश्रो दिनलाई ‘खरना’ नामले पुकारिन्छ । चैत्र या कार्तिक महिनाको पञ्चमीका दिन यसलाई मनाइन्छ । यस दिन ब्रतीले पूरै उपबास बस्ने गर्दछन् ।यस ब्रतीले अन्नको त कुरै छोडौ सूर्यास्तभन्दा पहिला पानीको थोपा पनि मुखमा हाल्दैनन् । साँझमा सूर्यास्त पछि भात, सख्खर र उखुको रसको प्रयोग गरेर बनाइएको खीर बनाइन्छ । कतिपय स्थानीय भाषमा यसलाई ‘रसिया’ या ‘रसियाव’ पनि भन्ने गरिन्छ । खाना बनाउनमा नुन र चिनीको प्रयोग गर्ने गरिदैन । यीनै दुइटा कुरा सूर्यलाई नैबेद्यकारुपमा सूर्यलाई अर्पण गरेपछि ब्रतीहरुले प्रसाद ग्रहण गर्ने गर्दछन् । अनि त सबै मित्रहरु, आफन्तहरुलाई पनि त्यही ‘खीर–रोटी’ प्रसादकोरुपमा खुवाउदछन् । यो सम्पूर्ण प्रकृयालाई ‘खरना’ भन्ने गरिन्छ । यस पछिको ३६ घण्टासम्म ब्रतीले निर्जल ब्रत बस्नुपर्ने हुन्छ । त्यस दिन मध्यरातीमा छठ पूजाका लागि बिशेष प्रसाद ‘ठेकुवा’ अर्थात ‘खमौनी’ बनाउने गर्दछन् ।
यो छठ पर्बको तेश्रो दिन जुन दिनलाई ‘सन्ध्या अर्घ’ को नामले पनि जानिन्छ । यो पर्ब चैत्र या कार्तिक शुक्ल षष्ठीको दिन बर्षकाे दुइ पटक सानाे र ठूलाे छठकाेरूपमा  मनाइन्छ । यस दिन छठ पूजाका लागि बिशेष प्रसाद जस्तै ‘ठेकुवा, चामलको लड्डु, इत्यादिन पनि बनाइन्छ । पूजाका लागि बासले बनेको एउटा टोकरीमा पूजाको प्रसाद, फल आदि  राखिन्छ । त्यहाँ पूजा अर्चना गरिसकेपछि साँझपखा एउटा नाङ्लोमा नरिवल, पाँच प्रकारका अन्य फल र पूजाका समाग्री लिएर दाउरामा राखेर घरका पुरुषले आफ्नो हातले उठाएर घाटमा लैजान्छन् । यो अपबित्र नहोस् भनेर यसलाई टाउकोमाथि राखेर बोकिन्छ । 

chhat-oy-lt.jpeg
छठ घाटतिर जाँदै गर्दा बाटाेमा प्रायः महिलहरुले छठ गीत गाउँदै जाने गर्दछन् । खाश कुरा त के भने यो छठको गीत  हरेक कार्य गर्दा पनि गाउने गरिन्छ । नदी या तलाउनको छेउ किनारमा नदीबाट माटो लिएर छठ माताको चउर(पूजास्थल) बनाइएको हुन्छ त्यहाँ पूजाका सबै सामाग्रीहरु राखेर नरिवल चढाइन्छ र दीप प्रज्वलन गरिन्छ । सूर्यास्त हुनुभन्दा केही समय पहिला सूर्य देब पूजाका सबै सामान लिएर घुडासम्म पानीमा डुबेर उभिन्ने गरिन्छ र अस्ताउदो सूर्यलाई अर्घ्य दिएर पाच पटक परिक्रमा गर्ने गरिन्छ । सामाग्रीहरुमा ब्रतीहरुद्वार पिसेको गहुको आटाबाट बनेको ठेकुवा बिशेषरुपमा सम्मिलित हुन्छ । यसका अतिरिक्त कार्तिक महिनामा फलेका सबै नयाँ कन्दभूल, फल, सब्जी, मसालार अन्नादि अनि ऊखू, ओल, बेसार, नरिवल, कागती या निम्ँबू,पाकेका केराहरु आदि चढाउने गरिन्छ छ। यी सबै बस्तुहरु कुनै पनि चोट पटक नलागेका सग्ला हुनु पर्दछ  ।त्यसको भोलिपल्ट बिहान प्रातः कालमा उर्षा कालीन अर्घ्यका साथ चार दिनसम्म चलेको ब्रत पूर्ण हुन्छ । 
यसका जानकारहर छठ पर्बको यो ब्रत कयौं अर्थमा निकै बिशिष्ठ मान्दछन् । यस ब्रतको एउटा  खाश बिशेषता के छ भने के छ भने यसमा कुनै पण्डित पुरोहितको कुनै आवश्यकता पर्दैन घरकै मानिसले अघ्र्य दिलाइदिन्छन् । यसमा सामाजिक समरसताको अनुपम उदाहरण पाइन्छ भनिन्छ । सामाजिकरुपमा गरीब, धनी, ब्राह्मण या दलित सबै समानरुपमा यस ब्रतका बेला समान मानिने गर्दछन् । स्वच्छतामा बिशेष ध्यान राखिने गरिन्छ । घरदेखि बाहिरसम्म सबै मानिसले सर सफाई राख्दछन् । यसमा प्रकृति पूजाको अनुपम उदाहरण देख्न सकिन्छ । जसमा ब्रह्माण्डको अजश्र जीवनदायिनी श्रोत मानिएको सूर्यका उपासना गरिन्छ । जानकारहरु यसलाई लोक तथा बैदिक संस्कृतिको समन्वयकोरुपमा ब्याख्या गर्ने गर्दछन् । यस पर्बलाई तप, त्याग र संकल्प शक्तिको अनौठो पर्ब पनि मानिन्छ । पूर्बीय समाजमा यो छठ उत्साहकासाथ मनाउने चलन छ ।
बिज्ञान र प्रबिधिको बिकासले गर्दा यो पर्ब पनि आज बिश्वब्यापी बन्न पुगेको छ । नेपालको तराई, पहाड र उपत्यकामा पनि यो पर्बको बिस्तार भएको र सबैतिर मनाउन थालिएको  छ । यसरी छठ जस्ता लोक पर्बहरुले राष्ट्रिय एकताको गाठोलाई अझ दरिलो बनाउने काम गरेका छन् र जन जनमा सौहाद्र्रता,सहिष्णुता र सद्भाव फैलाउन यस्ता पर्वहरुले मद्दत पुर्याउने गर्दछन् ।