शनिबार, आश्विन १७ गते २०८३

महागुरू फाल्गुणानन्दप्रति उच्च सम्मान

कार्तिक २४, २०७८ बुधबार
महागुरू फाल्गुणानन्दप्रति उच्च सम्मान
सामाजिक बिकृति, बिसंगति,कुरीति, अन्धबिश्वास र जातपातिको बिभेद बिरोधी समाज सुधारक किराँत धर्मका महागुरु फल्गुनन्द(नरध्वज लिङ्गदेन)को १३६औं जन्म जयन्तिको अवसरमा उनीप्रति  सम्पूर्ण नेपालीले हार्दिक शब्द श्रद्धा र उच्च सम्मान अर्पण गर्नु पर्दछ । बास्तवमा उनी सम्पूर्ण नेपाली जनताले सम्मान प्रकट गर्नुपर्ने सच्चरित्र ब्यक्तित्व हुन् ।
खाशगरी महागुरु फाल्गुणानन्दले झूटो नबोल्न, सच्चरित्रता कायम गर्न, महिलाहरुप्रति सम्मान प्रकट गर्न र जथाभावी जाँडरक्सी नखान जसरी जन चेतना फैलाएका थिए त्यो आजका लागि पनि उत्तिकै सान्दर्भिक र अत्यन्तै महत्वपूर्ण छ ।
इलाम जिल्लाको इभाङ चुक्चिनाम्बामा जन्मेका र बृटिश सेनामा समेत काम गरिसकेका फाल्गुनानन्द अन्यायपूर्ण युद्धले समस्या समाधान गर्दैन भन्ने बुझेका थिए र शान्तिको सन्देश पनि फैलाएका थिए । समाज सुधार, शान्ति र सम्बृद्धिको निम्ति उनको उपदेश र योगदान अत्यन्तै उपयोगी छ । यसलाई पालन गर्न किरात गैर किरात सम्पूर्ण नेपालीहरु एक जुट भए सामाजिक आर्थिक रुपान्तरण र राष्ट्रिय एकता सबल पार्नमा समेत यसले ठूलाे मद्दत पुग्न सक्ने कुरा निर्बिवाद छ ।