शनिबार, आश्विन १७ गते २०८३

प्रत्येक शनिबार यसरी गर्थे लेनिन परिश्रम

कार्तिक २३, २०७८ मंगलबार
प्रत्येक शनिबार यसरी गर्थे लेनिन परिश्रम
 
बिश्वमा पहिलो पटक मार्क्सवादको प्रयोग गरेर विशाल सोभियत समाजवादी संघको सत्ता स्थापना गर्ने महान् व्यक्ति हुन् लेनिन । उनको पूरा नाम भ्लादिमिर इलिच लेनिन हो । पूँजीबाट श्रमको मुक्ति चाहने उनी मजदुरलाई असाध्यै माया गर्थे । तीनै मजदुरको बलमा उनले विशाल रुसमा मार्क्सवादको सफल प्रयोग गरेका थिए ।
हुन पनि रुसका कम्युनिस्टहरु श्रमलाई उच्च सम्मान गर्थे । उनीहरुले राष्ट्रलाई श्रमदान दिने भनेर पार्टी केन्द्रिय समितिमै निर्णय गर्थे । उनीहरुले हरेक शनिबार श्रमदान दिने निर्णय गरे । निर्णय कार्यान्यवन गर्न शिर्ष नेता नै सर्बप्रथम श्रम कार्यमा लागि पर्थे । १९२० मा भएको पार्टी निर्णयलाई व्यवहारिक रुप दिन लेनिन स्वयम् श्रममा सहभागि भएका थिए । उक्त समयमा लेनिनसँगै सहभागी हुने एकजना सोभियत कम्युनिष्ट पार्टीका सदस्य इ. बोरीसोवको भनाई यस्तो छ :
Portrait_BRY_Vladimir_Lenin.png
१ मई १९२० मा रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) को केन्द्रिय समितिले हप्ताको एकदिन शनिबार देशका लागि श्रमदान गर्ने भनेर निणर्य ग¥यो । (त्यसलाई रुसमा ‘सुब्बास्ेतनिक’ भनिन्थ्यो) । पार्टीले निणर्य गरेपछि लेनिन स्वयम् सोभियत संघको ‘क्रेमलिन’ भन्ने चौकमा काम गर्न खटिएका थिए । उक्त चौकमा काम गर्न पार्टीका स्थानीय कमरेडको नेतृत्व थियो । त्यसबेला क्रेमलिन चौक तहसनहस र निमार्ण सामग्रीहरुको थुप्रोले भरिएको थियो । लेनिन पुरै मजदुरको भेषमा पुरानो सुट र पुरानो जुत्ता लगाएर फिल्ड कमाण्डरको आदेशको प्रतिक्षा गरिरहेका थिए । फिल्ड कमाण्डरले लेनिनलाई हलुका सजिलो काम गरुन् भन्ने चाहाना राखेका थिए । तर उनको सोँच विपरीत लेनिन बडो स्फूर्तिका साथ अप्ठेरा र गाह्रो कामहरुमा सहभागी भएका थिए । उनले फिल्ड कमाण्डरलाई ‘मैले के गर्नु पर्छ ? भनि पटक पटक सोधेका समेत थिए । त्यसपछि फिल्ड कमाण्डरले उनलाई काम लगाउँथे । लेनिन खुरुखुरु काम गर्थे ।
हामीले एउटा ठूलो काठ उठाउन थाल्यौं । हामी चाहान्थ्यौं कि लेनिन यो काममा लागि नआउन् । तर हाम्रो सोँच विपरित लेनिन सबैभन्दा गह्रौं भाग काँधमा उठाएर बोक्न पो थाले ।’ अनि मैले भने, तपाई ५० वर्षको हुनुहुन्छ, म २८ वर्षको छु । म बोक्छु यहाँ । तर उनले ठिक छ भनेर ठाउँ छाडेनन् ।
लेनिनले ढिलो होइन निकै छिटो छिटो अझ राम्रोसँग काम गरे । उनले हरेक काम छिटो र राम्रोसँग गर्नुपर्छ भनेर समेत देखाए । सँगै काम गरेका साथीहरु कयौं थाकेर बसे । तर लेनिन भने काम गरिरहेका थिए ।चर्को घाम लागिरहेको थियो । सबैजना केही बेर आराम गर्न बसे । एकजना कमरेडले लेनिनलाई सिगरेट अघि बढाए । तर लेनिनले धन्यवाद भन्दै आफूले पिउने नगरेको बताए । त्यसदिन लेनिनले चार घण्टा काम गरे । त्यो चार घन्टा जुन मैले लेनिनको साथ काम गर्ने अवसर पाए, यो मेरो स्मृतिमा सदा रहिरहने छ ।
सुब्बोतनिक :
सोभियत संघमा छुट्टीको दिन एक घण्टा अथवा शनिबारका दिन देशलाई श्रमदान गर्नेलाई सुब्बोतनिक भनिन्छ । सुब्बोतनिको अर्थ शनिबार भन्ने हुन्छ । यो काम सोभियत संघमा १० मेई १९१९ मा शनिबारकै दिन एक रेल मजदुरबाट सुरु भएको थियो । सोभियत संघमा देशभक्तिपूर्ण युद्धको दौरान सुब्बोतनिकले निकै व्यापक रुप ग्रहण गरेको थियो । लेनिन लगायतका सबै कम्युनिस्ट नेताहरु यस कार्यमा सक्रिय सहभागी भएका थिए ।
 
 
 
 
Ekraj Pandey, Sita Subedi and 30 others
 
3 Comments
 
Share