शनिबार, आश्विन १७ गते २०८३

पाण्डेले मूख्य मन्त्रीमा बिश्वासको मत पाए 

कार्तिक २२, २०७८ सोमबार
पाण्डेले मूख्य मन्त्रीमा बिश्वासको मत पाए 

मकवानपुर । आज अपरान्ह बसेको वाग्मती प्रदेशसभाकोे बैठकमा गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई सभाको बहुमतले पारित गरेको छ ।

 बैठकमा पाण्डेको  पक्षमा ५९ मत प्राप्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षमा नेकपा (एमाले) को ४३ र साझा विवेकशील पार्टीको तीन मत परेको बताइएको छ । नेपाल मजदुर किसान पार्टीले भने यो प्रस्तावमा तटस्थ रहने घोषणा गरेको थियो ।

त्यसरी नै, राप्रपाको सांसदहरू अनुपस्थित भएका थिए  । आजको बैठक पछि वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका छन् ।

यस अघि प्रदेशको पहिलो महिला  मुख्यमन्त्री रहेकी अष्टलक्ष्मी शाक्यले गत कात्तिक १० गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उक्त पदमा राजेन्द्र पाण्डे नियुक्त भएका थिए । वाग्मती प्रदेशसभामा यतिबेला १०९ जना प्रदेशसभाका सदस्यहरू छन् । आजको बैठकमा जम्मा १०४ जना प्रदेशसभा सांसदहरू उपस्थिति रहेको जनाइएको छ ।