काठमाडौं । चीनकाे जनमुक्ति सेनलाे नेपाली सेनालाई ३ लाख डोज कोभिड–१९ विरुद्धको खोप प्रदान गरेकाे छ ।
चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्।
खोपका अतिरिक्त १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई प्रदान गिरएकाे साेमबार एक बिज्ञप्ति जारी गर्दै जनाएकाे हाे । बिज्ञप्तिमा यस किसमकाे सहयाेगले दुइ देश बीचका सेनाकाे सम्वन्ध थप मजबूत हुने बिश्वास ब्यक्त गरिएकाे छ ।