दाङ्ग। सल्यान कपुरकोटमा भएको बस दुर्घटनामा परेका मृतक १२ जनामा १० जनाको सनाखत भइसकेको छ । हिजो भएको दुर्घटनामा १० महिला र दुइ पुरुष समेत गरेर १२ जनाको मृत्यु भएको थियो ।
सनाखत भएकाहरुमा दाङ्गङ्गका को शान्तिनगर गाउपालिका ८ नं वडाकी ३५ बर्षीय साबित्रा केसी, वडा ६ कोराबाङ्गका ५ बर्षीय सुरल वली, सल्यान शारदा नगरपालिका २ नं वडाका ६१ बर्षीय मीना डाँगी, शारदा ३ की ६६ बर्षीय लीला बुढाथोकी, त्रिबेणी गाउँपालिका १ नं. वडा काभ्राकी २४ बर्षीय मिना शाही, र क्षत्रेश्वरी गाउपालिका २ नं वडाकी २९ बर्षीय तिलक वली रहेको प्रहरीले जनाएको छ । सल्यान शारदा नगरपालिका १२ नं वडाका हाल दाङ्गको तुलसीपुरमा उपमहानगरपालिका ६ नं वडा बस्ने बबई गाउन पालिका ४ नं. वडाकी ६० बर्षीय डुली रेउले, बबई ६ पञ्चुलेकी ७० बर्षीय कलावती बुढाथोकी, घोराईउपमहानगरपालका
१० नं.वडा नारायणपुरकी ६५ बर्षीय इन्द्रा अधिकारको यो दुर्घटनामा परी मृत्यु भएको जनाइएको छ । दुइ बालिका समेत थप थुइ मृतकको भने सनाखत हुन बाकी रहेको छ ।

दुर्घटनाम परेका सात जना घाइतेहरुलाई थप उपचारका लागि बाँके जिल्लाका अस्पतालहरुमा रिफर गरिएको र केही अरु घाइतेहमरुलाई उपचारका निमित्त हेलिकोप्टर मार्फत काठमाण्डौ लगिएको जनाइएको छ । अरु थप सात जना घाइतेको सल्यानमै उपचार भइरहेको बताइएको छ । बसका चालक अहिलेसम्म सम्पर्कबिहीन रहेका छन् । दुर्घटना भएको ना.२ ख.२५५२ नं.को बस सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङ्गको तुलसीपुरतर्फ आउँदै गर्दा हिजो बिहान पौने ११ बजेजतिको समयमा कपुरकोट गाउपालिकाको वडा नं.५ खारखोला नजिक सडकबाट खसेको थियो । मृतक धेरैजसो तिहार मानेर घर फर्कदै गरेका यात्रीहरु थिए ।