बुधबार, भाद्र ३ गते २०८३

इजरायल र हमास बिच युद्ध बिराम सम्झौता


आश्विन २३, २०८२ बिहीबार
इजरायल र हमास बिच  युद्ध बिराम सम्झौता
इजरायल र हमास बिच सिजफायर सम्झौता भएको छ।इजिप्टमा भएको बार्तामा दुबै पक्षले सम्झौतामा सही गरेका छन।
हिलो चरणको सम्झौता यस प्रकार छ :
इजरायल र हमासले संयुक्त रूपमा युद्धविराम र बन्धक (hostage) तथा जेल बन्दीहरूको विनिमय गर्ने “पहिलो चरण” मा सहमति जनाएका छन्।इज्रायल र हमासको घोषणाअघि नै अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा याे शान्ति सम्झौता भएको दाबी गरेका थिए।
मुख्य प्रावधानहरू यस प्रकार छन् :
Trump and Netnyahu.webp
हमासले बाँकी रहेका जीवित बन्धकहरू (२० जना अनुमानित) रिहा गर्नेछ।इजरायलले आफ्नो सेनालाई एक सहमत सीमा (“withdrawal line”) सम्म फिर्ता लानेछ।बन्धक–जेल बन्दी विनिमय ७२ घण्टाभित्र सम्पन्न गर्ने शर्त राखिएको छ।यो सम्झौता “पहिलो चरण” मात्र हो — यसको पूर्ण कार्यान्वयन हुन बाँकी छ।
 Bipinjoshi.jpegप्रतिक्रिया र अन्तर्राष्ट्रिय भूमिका:
 
कतार, मिश्र (एजिप्ट), टर्की लगायतका देशहरूले मध्यस्थता गरेका थिए। संयुक्त राष्ट्र महासचिवले दुवै पक्षलाई सम्झौताका शर्तहरू पूरा गर्न आग्रह गरेका छन्।विश्व नेताहरूले पनि यसलाई सकारात्मक संकेतका रूपमा स्वागत गरेका छन्। नेपाली बिपिन जोशीको स्थिति पनि छिट्टै सार्बजनिक हुनेछ ।उनी सुरक्षित घर फर्किउन।