धरान । तीसको दशकमा नेपाल कम्युनिष्ट पार्टीमा आबध्द रहेका खाशगरी सुनसरी र मोरङ्गमा पार्टी र जन बर्गीय संगठन बिस्तारमा क्रियाशील रहेका यूबा सुरेन्द्र कार्कीको हिजो २०७८ कार्तिक २० गते दुःखद निधन भएको छ । पछिल्लो समय उनी बिमारीका कारण असक्त र निष्कृय रहेका थिए । उनकी श्रीमती छोरा छोरीहहरु रहेका छन् । कार्की उच्च रक्तचापको बिमारी बिमारी थिए भने पछिलले समय ब्रेन स्टर्क समेत भएको आफन्तहरुले बताएका थिए । कार्की बरिष्ठ अधिबक्ता बाेर्णबहादुर कार्कीका दाजु हुन् । बाेर्ण कार्की पनि दुइ महिनाभन्द बढी समयदेखि पक्षघातकाे भएर उपचाररत रहेका छन् ।
आफ्नो सक्रिय राजनीतिक कालमा खाशगरी २०३६ सालको बिद्यार्थी आन्दोलन, २०४२, २०४६ र २०६२/६३ को आन्दोलनहरुमा अग्रिम मोर्चामा सक्रिय रहेका उनी कमरेड पुष्पलालको नीति, बिचार र सिद्धान्तबाट आजीवान अनुप्राणित थिए । देशको कम्युनिष्ट आन्दोलनमा ब्याप्त बिचलन,बिकृति र बिसंगतिप्रति आक्रोशयुक्त भावना पछिल्लो समयमा उनले ब्यक्त गर्ने गरेका थिए । नेपाल पत्र आफ्नो बय उमेरका लडाको कम्युनिष्ट योद्धा र संगठनकर्ताको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त उहाँका परिवारजन, आफन्त, तथा मित्रगणमा गहिरो समबेदना प्रकट गर्दछ ।