दाङ्ग । आज सल्यान खलंगाबाट दाङ्ग आउदै गरेको रा.१ ख २५५२ नम्बरको बस दुर्घटनामा परेर ९ जनाको मृत्यु भइसकेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका ६ जनालाई हेलिकोप्टरबाट काठमाण्डौ उपचारका लगिने बताइएको छ।
बिहानै सल्यानको खलंङ्गाबाट तुलसीपुर गएको सो बस सल्यानकाे कपुरकोटमा पुग्दा दुर्घटना भएकाे र सडकबाट बस दुइ सय मिटर तल खसको थियो । बस यात्रीले जनाए अनुसार बस निकै तीब्र गतिमा कुदेको थियो । बसमा ३० जना यात्री रहेको बताइएको छ ।