सानिमा बैंकले शेयरधनीलाई लाभांश दिने भएको छ । बैंकको आश्विन ३ गते, बसेको सञ्चालक समितिको बैठकले आ.व. २०८१/८२ को संचित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकको हालको चुक्ता पुँजी रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४।३३ रहेको छ । कुल ७.३६८५ प्रतिशत नगद (कर सहित) लाभांशमा १ अर्ब ७ लाख रुपैंया ५४ हजार ७००।१५ बराबरको वितरण हुने बैंकले जनाएको छ
। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको साधारण सभाबाट अनुमोदन भए पश्चात शेयरधनी महानुभावहरूलाई लाभांश वितरण गरिनेछ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।
नेपालपत्र संवाददाता