शनिबार, आश्विन १७ गते २०८३

म माटोमा मिले पनि नयाँ नेपालको निर्माण होस्, प्रजातन्त्र फलोस्-फुलोस् मर्न नपाओस् : महाकवि लक्ष्मीप्रसाद देवकोटा

कार्तिक १८, २०७८ बिहीबार
म माटोमा मिले पनि नयाँ नेपालको निर्माण होस्, प्रजातन्त्र फलोस्-फुलोस् मर्न नपाओस्  : महाकवि लक्ष्मीप्रसाद देवकोटा
Tihar.jpg
चन्द्रमणि गाैतम
महाकवि देवकोटा (बि.सं. १९६६–२०१६) ले मृत्युशैयाबाट २०१६ भदौ २८ गते तत्कालीन मन्त्री गणेशमान सिंहसँगको भेटमा आफ्ना अन्तिम इच्छाको रुपमा उक्त सन्देश व्यक्त गर्नुभएको हो (राजनीतिक दर्पण, दोस्रो भाग, पृ. २५१, २०३६ संस्करण) ।
महाकविजीको अन्तिम अवस्था आएको जानकारी पाएपछि तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले उहाँको अन्तिम इच्छा र सरकारले गर्नुपर्ने कामको बारेमा बुझ्न पठाउनु भएको थियो ।
महाकविजीको यो सन्देश आज प्रत्येक नेपालीको सपना हो । तर यो सपनामाथि नै कुठाराघात भएको छ । कुशासन, भ्रष्टाचार, दण्डहिनता, अराजकता, नातावाद, परिवारवादले सीमा नाघेसँगै अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण जस्ता पञ्चायतका विशेषताहरु प्रजातन्त्र / लोकतन्त्रका दाजुभाइको अवतारमा सर्लक्कै जरा गाड्न पाए । यिनै कुख्यातीका कारण आज लोकतन्त्र मुर्झारहेको छ । कर्मठ र शक्तिशाली युवा सन्तती राज्य र शासनको यस्तै शैलीका कारण घृणा र निराशा बोकेर विदेशिन बाध्य भएको छ ।
चाहे वामपन्थी होस् वा प्रजातान्त्रिक समाजवादी, प्रत्येक निष्ठावान् लोकतन्त्रवादी र जनताको इमानदार आत्मालाई निराश बनाउने काम भएको छ । भूगोल र प्रकृतिले नेपाललाई सबैथोक दिएको छ, तर राजनीति र प्रशासनले सबैथोक खोसेको छ ।
आज महाकवि देवकोटाको ११३ औं जन्मजयन्ती, तिहार-लक्ष्मीपूजाको पावन अवसरमा, यो दिवसले राष्ट्रका कर्णधार भनिएका सबैमा सद्बुद्धिका लागि प्रेरणा देओस् ! हार्दिक शुभकामना ! !
साभार - गाैतमजीकाे मुहारपुस्तिका