बुधबार, भाद्र ३ गते २०८३

कोही हामीलाई थाकेको ठान्छ भने ... लडिरहेका र धैर्यशील राष्ट्र हौँ : गमाल अब्देल नासेर


भाद्र ११, २०८२ बुधबार
कोही हामीलाई थाकेको ठान्छ भने ... लडिरहेका र धैर्यशील राष्ट्र हौँ : गमाल अब्देल नासेर
गमाल अबदेल नासेर (१९१८–१९७०) इजिप्टका दोस्रो राष्ट्रपति हुन्, जो १९५६ देखि निधनसम्म नै सत्तामा रहे। इन्डोनेसियाको बाङ्डुङमा राष्ट्रहरूको पहिलो शिर्षस्थ सम्मेलन भएको, असंलग्न आन्दोलनका २५ जना संस्थापकमा उनी पनि एक हुन् । १९५२ मा इजिप्टबाट राजतन्त्रको अन्त्य गर्नमा यिनको महत्वपूर्ण भूमिका थियो ।
 
तर गणतन्त्र आएपछि १९५३ मा पहिलो राष्ट्रपति भएका मोहम्मद नगुईब (१९०१-१९८३) ले मुस्लिम ब्रदरहुडको एउटा व्यक्तिलाई लगाएर नासेरको हत्या गर्ने असफल षड्यन्त्र गरेपछि उनले राष्ट्रपतिलाई पहिले नजरबन्दमा राखे र पछि अपदस्थ गरेर आफैं राष्ट्रपति भए ।
 
इजिप्टमा दूरगामी प्रभाव राख्ने भूमिसुधार कार्यक्रम लागु गर्ने, आधुनिकीकरण तथा समाजवादी कार्यक्रम लागु गरेका कामका लागि पनि यिनलाई जानिन्छ । स्वेज नहरको राष्ट्रियकरण तथा स्वेजको संकट समाधानले गर्दा यिनको लोकप्रियता चुलिएको थियो । यद्यपि उनका आलोचकहरु १९६७ मा इजरायलसँगको ६ दिने लडाईँमा इजिप्टको नराम्रो हार, उनको तानाशाही कार्यशैली, सेनामा पकड र स्वेच्छाचारी चरित्र औँल्याउँदै उनका खोट देखाउने गर्छन् ।
 
तर नासेर अरब एकता र अन्य कतिपय मामिलाले अरबका आदर्श पुरुष मानिन्छन् । १९७० मा अरब राष्ट्रहरूको शिखर सम्मेलन सकिएको लगत्तै यिनलाई तेस्रोपटक हृदयाघात भयो यसैबाट निधन भयो । लामो समयदेखि उनी मधुमेहका बिमारी थिए । डरलाग्दो धूमपानको आदत पनि उनको निधनको कारण हो ।
 
‘इजिप्ट : कौशीमा फर्किंदा’ (Egypt : Come back to Balcony) शीर्षकमा ‘टाइम’ म्यागजिनले मार्च ४, १९६६ (बि.सं. २०२२ फागुन २२ शुक्रबार) को अंकमा नासेरको यो भनाई छापेको छ :
 
"If anyone thinks we have become tired, let me say that we are a struggling nation, a fighting nation, a patient nation...."