आइतबार, आश्विन १८ गते २०८३

एनएमबि बैंकले ७.१३ प्रतिशत ब्याजदरमा गाडी किन्न ऋण दिने


भाद्र ३, २०८२ मंगलबार
एनएमबि बैंकले ७.१३ प्रतिशत ब्याजदरमा गाडी किन्न  ऋण दिने

एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउँदो चाडपर्वलाई लक्षित गर्दै अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले मात्र ७.१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् ।

बैंकले यो योजना सीमित अवधिका लागि मात्र सञ्चालन गर्ने जनाएको छ । साथै, आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ । इलेक्ट्रिक सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि यो अफर विशेष अवसर हुने बैंकको दाबी छ ।

वातावरण मैत्री सवारी प्रयोगलाई प्रोत्साहन गर्दै दिगो तथा हरित भविष्य निर्माणमा योगदान पुर्याउने लक्ष्य एनएमबि बैंकले लिएको जनाएको छ । यस अफरबारे थप जानकारी नजिकको शाखा वा नाडा अटो शोमा रहेको बैंकको स्टल नं. इ–२४ मा सम्पर्क गरेर लिन सकिनेछ ।