बिप्लबी
यो समाजको क्यानभासमा
अमिल्दा कुराहरु धेरै देखे
अन्यायका कथाब्यथा देखें
अनि बलात्कृत बिद्रोहहरुले
छटपटिदै रोएको पनि देखें
हो, प्रष्ट उसले औंल्याएको थियो
असमानताबाट मुक्त हुने ती कुरा
तर किन चल्यो त उसैमाथि छुरा
अझै खोजिदैछ यो प्रश्नसको उत्तर
निख्रेर अबश्य आउँछ सही कुरा
अबिचलित र अडिग एउटा आशा
निरन्तर सत्यका लागि संघर्षशील छ
आँधीबेरी झैल्दै निर्धक्क गतिशील छ
छटपटी तथा हुटहुटी सधैछ उसमा
साँच्चो जनमुक्ति र राष्ट्र मुक्तिको
भलै कसै कसैले अनदेखा गरेको होस्
जालझेल र पडयन्त्रमा परेको होस
उसको छातीमा नै चुना दलेको हास्
बचाएर राखेको छ उसले कसैगरी
क्रान्तिको नैतिकता र इमानदारिता
त्यो आउछ अबश्य टुप्लुक्क एक दिन
समानताको यथार्थ सँस्कृति बनेर
आफु हिड्ने मूलबाटो आफै खनेर
तोडेर सबै किसिमका जञ्जालहरु
बसेको छ इतिहासको हिसाब गरेर