शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको १० वर्षको अवधि रही वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिवेञ्चर” नामको ऋणपत्र बाँडफाँड गरिएको छ । रु.१ अर्व रकम बराबरको १० लाख कित्ता ऋणपत्रहरु निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल बाँडफाँड गरेको हो ।
उक्त ऋणपत्र खरिदका लागि उत्साहजनक रुपमा ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो । जसले नेपाली बजारको वित्तीय दृष्टिकोण प्रति उच्च विश्वास प्रतिविम्वित गर्दछ । कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तव र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई थियो । उक्त निष्काशनमा विभिन्न संघ संस्था तथा सर्वसाधारणहरुमार्फत् उत्साहजनक सहभागिता रहेको थियो ।
हालका दिनहरुमा सर्वसाधारण लगानीकर्ताहरु द्वारा ऋणपत्रमा उत्साहजनक सहभागिता जनाइरहेको छ, जसले नेपालको पूँजी बजारप्रतिको सर्वसाधारणहरुको बढ्दो जागरुकता र विश्वासलाई स्पष्ट रुपमा उजागर गरेको छ । यस ऋणपत्र निष्काशनको सफलतासँगै बैंकले आफ्नो पुँजी संरचना थप सुदृढ गर्दै देशभरिका ग्राहकहरुलाई अझ प्रभावकारी, भरपर्दाे र नविन वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता पुनः दोहो¥याएको छ ।
उक्त ऋणपत्रको निष्काशन कार्य सम्पन्न भैसकेको सन्दर्भमा यस प्रकृयामा सहयोग पु¥याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, कम्पनीका साथै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
नेपालपत्र संवाददाता