भैरहवा । आज राष्ट्रपति विद्यादेवी भण्डारीले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा बहुमूल्य बुद्ध मूर्तिको अनावरण गरेकी छन । दुइ अर्ब पच्चास कराेडकाे लागतमा बनेकाे याे महाकरूणा बुध्द मूर्ति उनले आज कार्तिक १४ गते आतबारका दिन अनावरण गरेकी हुन् ।
यो बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनको पहलमा म्यानमारको माल्वीन समूहले भिक्षु कालिगढहरुद्वारा तयार गरेको हो । यो जेडस्टोन धातुको बुद्धमुर्ति केही दिन अघि म्यानमारबाट नेपाल ल्याइएको थियो ।
उद्रघटन समारोहमा राष्ट्रपति भण्डारीले बुद्धमूर्तिको अनावरण गर्दै यसले लुम्बिनीमा एउटा नयाँ आयाम थपिएको बताइन् । त्यस अवसरमा उनले स्पेनको कोथेरेस नगरमा अझ भव्य प्रतिमा स्थापना हुन लागेको भन्दै यसबाट नेपाल र स्पेनलाई शान्ति र सद्भावको भावनाले मित्रतामा आवद्ध गरेको थप सन्देश प्रवाह हुने उल्लेख गरिन् ।कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणले अब छिटो भन्दा छिटो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका र्थिए ।