आइतबार, आश्विन १८ गते २०८३

मौद्रिक नीतिः शेयर धितो कर्जाको सीमा  बढ्यो


आषाढ २७, २०८२ शुक्रबार
मौद्रिक नीतिः शेयर धितो कर्जाको सीमा  बढ्यो


बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा रु.१५ करोडबाट बढाई रु.२५ करोड बनाइने भएको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक बर्ष २०८२÷८३ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जाको सीमा बढाइने बताए  ।

त्यसैगरी चेक अनादरको कारण कालो सूचीमा पर्ने विद्यमान व्यवस्थामा नीतिगत सहजीकरण गरिने उल्ेलेख छ । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सकार गरेको दुई वर्षसम्म उक्त सम्पत्ति बापत सिर्जना भएको रेगुलेटरी रिजर्भको रकमलाई पूरक पुँजीमा गणना गर्न सकिने व्यवस्था गरिने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूको पुँजी वृद्धिमा सहजीकरण गर्ने उद्देश्यले यस बैंकको स्वीकृतिमा आवश्यकत अनुसार पुँजी बढाउन सक्ने व्यवस्था गरिनेछ ।

बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापनमा सघाऊ पु¥याउने उद्देश्यले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको लागि आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गरी नेपाल सरकारसमक्ष पेस गरिने भएको छ ।