आइतबार, आश्विन १८ गते २०८३

नयाँ घर निर्माण र खरिद गर्दा ८० प्रतिशतसम्म ऋण पाइने


आषाढ २७, २०८२ शुक्रबार
नयाँ घर निर्माण र खरिद गर्दा ८० प्रतिशतसम्म ऋण पाइने


नेपाल राष्ट्र बैंकले आज ल्याएको मौद्रिक नीतिले निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको  सीमा बढाएको छ । मौद्रिक नीतिले उक्त सीमा बढाएर रु.२ करोडबाट बढाई रु.३ करोड पु¥याइएको छ ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै  पहिलो घर ३ करोडसम्म ऋण पाउने बताएका हुन् ।

 उनले निर्माण र खरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइने बताए  ।