शनिबार, कार्तिक ८ गते २०८३

बिश्वमा बिनाशकारी युद्ध र युद्धआयुधरुको चिन्ताबाट बच्न


आषाढ ११, २०८२ बुधबार
बिश्वमा बिनाशकारी युद्ध र युद्धआयुधरुको चिन्ताबाट बच्न
लोकनारायण सुबेदी 
आज बिश्वमा युद्धको संकट र धेरै बिनाशकारी हतियारहरुको भण्डार बढ्दै जानुको कारण ठूलो चिन्ता उत्पन्न भइरहेको छ । जस्तो हालैको समयमा कयौं पटक देखियो कि बिश्वका बिशेष तनाबग्रस्त क्षेहरुमा कयौं पटक स्थिति अत्यन्तै तीब्र गतिले बिग्रने प्रबृत्ति बढिरहेको छ ।कतिसम्म भने जस्तो प्रकारको खतरा र टक्करको शीतयुद्ध कालीन लामो समयाबधि (१९४५ देखि १९९०)कालखण्डमा पनि त्यस्तो प्रबृत्तिबाट बच्ने साबधानी अपनाइन्थ्यो, त्यस प्रकारको सावधानीको अबहेलना यतिबेला हुन थालेको छ । 
त्यो शीत युद्धको बेलामा परमाणु युद्धको सबैभन्दा बढी सम्भावनाको बर्ष १९६२ मा क्यूबामा भएको मिसाइल संकटलाई मानिएको थियो । तर अमेरिका र सोभियत संघको तर्फबाट क्रमशः राष्ट्रपति जोन अफ केनेडी र सोभियत नेता निकिता ख्रुश्चेभले त्यसलाई संयम देखाएर सम्हालेका थिए । अहिले यस प्रकारका संकटहरुको स्थिति पुनः उत्पन्न हुन थालेको छ र प्रश्न के उठिरहेको छ भने अब यिनलाई समय नभिड्किदै सम्हाल्न सकिने हो होइन । सुरक्षा के मा छ भने यस्तो स्थिति नै उत्पन्न हुन नदिइयोस् अनि यसका लागि परमाणु हतियाहरुको भण्डार भएका शक्तिहरु यसमा बिशेषगरी साबधान रहुन् । के कुरा अत्यन्तै त्रासदपूर्ण हुनजाने छ भने यदि बिश्व स्तरको बिफलता या असावधानीका कारण या कुनै लापरबाहीबाट परमाणु हतियाहरुको कतै उपयोग त हुने होइन । परमाणु हतियार यस्ता हतियारहरु हुन् जसबाट सम्पूर्ण बिशवकै जीवन ठूलो खतरामा पर्न सक्छ । आजको बिश्वका कूल उपलब्ध यस्ता हतियारहरुमध्येमा केवल १० प्रतिशत अर्थात यतिबेला अनुमान गरिएका बिश्वका १३००० युद्ध आयुधहरुमध्ये १३०० को मात्र वास्तवमा उपयोग हुन गयो भने पनि तिनको सम्मिलित असरबाट यो पृथ्वीको अधिकांश जीवन नष्ट हुन पुग्ने मात्र होइन, यो धरतीको जीवनदायिनी क्षमता नै नष्ट भ्रष्ट भएर जानेछ । त्यसैल जब संकट यस्तो भयावहकारी हुन्छ भने त्यसै अनुकूलको अत्यन्तै गम्भीर भएर ठूलो सावधानी अबलम्बन गर्नु पनि अत्यावश्यक हुन जान्छ । तर बर्तमान बिश्व नेतृत्वले कुनै पनि बेला यस प्रकारको गम्भीर जिम्मेवारी पूर्णरुपले बहन गर्न सकेको छैन ।
अहिलेसम्म पनि बिश्वमा परमाणु हतियाहरुको भण्डारमध्येमा झण्डझण्डै ९० प्रतिशत भण्डारत अमेरिका र रुससँग नै छ । त्यसले ती दुइटा देशहरुका बिचमा यस्ता खतरनाका हात हतियार कम गर्नका लागि केही सम्झौताहरु पनि गरिएका थिए जुन हालैको समय टुटिसकेका छन् या तिनको नबिकरण भइरहेको छैन ।  अनि यस प्रकारका बिभिन्न सम्झौताका केही अंश भाग मात्र बचेका छन् । यस्तो स्थितिमा  के कुरा स्पट भइरहेको छ भने बिश्व शान्ति र सुरक्षाका लागि अझ बढी ब्यापक स्तरको प्रयास आवश्यक छ । त्यसैले यतिबेला एउटा ठूलो आवश्यकता शान्ति आन्दोलनलाई बिश्व स्तरमा सबल तुल्याउन पर्ने रहेको बिशेष ज्ञाताहरु भन्दैछन् । यसका साथै निशस्त्रीकरणको आन्दोलनमा र महा बिनाशकारी हतियारुको संकटलाई न्यूनतम तुल्याउने प्रयास पनि निश्चित रुपमा जोडिनु पर्दछ । अर्कोतिर शान्ति सुब्यवस्थाको आन्दोलनलाई यस्तो नयाँ पहिचान प्रदान गरिनु पनि आवश्यक छ जसबाट यो बिश्व स्तरको ब्यापक जन समर्थनकारी आन्दोलन बन्न सकोस् । हुन पनि मानिसको दैनिक जीवनमा पनि हिंसा दुःख दर्दको ठूलो कारण बन्ने गरेकै छ । अतः यदि दैनिक जीवनमा र हाम्रो वरिपरीको जीवनमा अर्थात घर परिवारमा या टोल छिमेकहरुमा, या कार्यस्थल तथा बिद्यालय, बिश्व बिद्यालयहरुमा हामीले यदि निरन्तर हिंसालाई न्यूनतम तुल्याउन र न्यायमा आधारित अहिंसक सोचलाई प्रतिष्ठित गर्न सकियो भने पनि यस प्रकारका हिंसक गतिबिधिहरु कम भएर जाने र यसरी दैनिक जीवनमा दुःख दर्द कम गर्दै शान्ति सुरक्षाको आन्दोलनको एउटा ब्यापक जन आधार तयार हुन सक्ने स्थिति बिकसित हुन्छ । त्यसै जन आधारको उपयोग साम्प्रदायिक हिंसा तथा नश्लीय हिंसाहरुलाई पनि न्यूनतम तुल्याउन लागि पनि गर्न सकिने हुन्छ । यस प्रकारका बिभिन्न देशहरुमा आफ्नो जन आधार बढाउदै गएर शान्ति सुरक्षाको जन आन्दोलनलाई बिश्व स्तरमा पनि यत्तिकै ठूलो र सार्थक शक्ति बन्न बनाउन पनि सकिन्छ जसले भयावह बिनाशकारी युद्धलाई रोक्न र शस्त्रास्त्रको अन्ध दौड रोक्न र सबैभन्दा महाबिनाशकारी हतियारहरुबाट यो धरतीलाई मुक्त तुल्याउने तर्फ पनि प्रगति गर्न सकिन्छ । अहिले यस प्रकारका कुनै सम्भावनाहरु अगाडि बढ्न बढाउन सकेको देखिदैन । किन भने के मानिदै आएको देखिन्छ भने युद्ध र हतियारहरुको दौडादौड रोक्नुरा त बिश्वका शीर्षस्थ नेतृत्वको जिम्मेवारी हो । यस सर्बधारण मानिसहरुको बिचरा के भूमिका नै हुन सक्छ र ! तर यदि संकीर्ण सोचलाई स्वीकार गरिन्छ भने बिश्व स्तरमा शान्ति सुरक्षाको सम्भावना एकदमै कम हुन जान्छ । त्यसैले ब्यापक जन आधार भएको शान्ति सुरक्षाको बिश्व स्तरीय एउटा सबल र सार्थक आन्दोलनको प्रयास पनि अघि बढाइनु पर्ने आवश्यकता छ । हो, यो कुरा मान्नै पर्दछ कि केवल जन साधारणको प्रयास र जन आन्दोलनको प्रयासले मात्र पर्याप्त हुँदैन । त्यसैले बिश्वमा शान्तिका प्रति समर्पित बिश्वका बिद्वानहरु ब्यक्तिहरु, बैज्ञानिकहरु, सेवा निबृत्त बरिष्ठ कूटनीतिज्ञहरु आदिलाई पनि अब अझ बढी सक्रियता र संगठितरुपले बिद्यमान आजको संकटको समाधानका लागि तथा दीगो शान्ति सुरक्षाको स्थापनाका लागि अघि सर्नु पर्ने आवश्यकता छ ।
यसरी नै संयुक्त राष्ट्र संघले पनि बढी अर्थपूर्ण र सक्रिय भूमिका निभाउनु पर्दछ । हुन त कागजीरुपमा त शान्ति सुरक्षाको स्थापनामा संयुक्त राष्ट संघको भूमिका महत्वपूर्ण छ, तर यो भूमिका पनि निरन्तर किनारामा धकेलिएको छ । यदि जन स्तरको शान्ति आन्दोलनलाई संयुक्त राष्ट्रस संघले आफ्नो पूर्ण समर्थन दियो भने त्यसबाट शान्ति आन्दोलनको स्थिति सबल हुन थाल्छ र संयुक्त राष्ट्र संघलाई पनि शान्ति सुरक्षाका लागि बढी सक्रिय र सशक्त भूमिका निभाउन सहयोग पुग्ने र बढ्ने छ ।यसरी एकातिर बढी सक्रिय र सशक्त भूमिका शान्तिका लागि जन साधारणले पनि खेल्नु पर्ने यसरी आवश्यकता छ भने अर्कोतिर के ठूलो चिन्ता पनि कायम रहेकै छ भने आज पनि मानिसहरुको बीचमा अत्यन्तै ठूलो स्तरमा बिभिन्न किसिमका भेदभाव र अन्य यस्तै संकीर्ण सोचबाट जन साधारण प्रभावित रहिरहेका छन्, जसले अन्ततः हिंसाकै बाटोमा धकेल्दछ ।
त्यसैले न्यायमा आधारित शान्ति सुरक्षा र अमन चैनको बाटोमा समाज, देश र बिश्वको प्रगतिका लागि जुन जीवन मूल्यहरुको आवश्यक छ तिनलाई प्रतिष्ठापित गरिनु र तिनको ब्यापक प्रचार प्रसार गरिनु पनि उत्तिकै आवश्यकता छ । ती जीवन मूल्यहरुको शिक्षामा ठूलो महत्वपूर्ण स्थान दिइनु पर्दछ ।  तिनका लागि पनि यस्तै अन्य महत्वपूर्ण र बिशेष अभियान चलाइनु आवश्यक छ । एक महत्वपूर्ण जीवन मूल्य त के हो भने जाति, धर्म, क्षेत्रियता आदिको आधारमा कुनै पनि प्रकारको भेदभाव नरहोस् । अर्को महत्वपूर्ण जीवन मूल्य हो कुनै पनि बाह्य दबाब, प्रभाव र हमलाबाट पर्ने आघातबाट रक्षाका निमित्त हामीले सदा सर्बदा तयार रहनु पर्ने आवश्यकता छ । तर जबसम्म कुनै ठूलो खतरा पैदा भएको हुँदैन त्यतिबेलासम्म हामीले बिश्व र छर छिमेकमा शान्ति सुब्यवस्थाको प्रयास गरिरहनु पर्दछ र कुनै पनि बेला अबाञ्छित युद्ध उन्मादबाट त्रस्त नभइकन र त्यसमा नबगिकन कुनै बेला त्यस्तो युद्धको स्थिति खडा भइहाल्यो भने पनि त्यसलाई शीघ्र समाप्त तुल्याउने तर्फ सक्रिय हुनु पर्दछ । 
आजको बिश्व तथा छरछिमेकमा शान्ति सुब्यवस्थाका लागि एउटा गम्भीर गहिरो प्रतिबद्धताको परम आवश्यकता छ । हुन त आज बिश्वमा यस्ता बिभिन्न सर्बेक्षण तथा जनमतका परिणामहरु प्नि आइरहेका हुन्छन् जसमा कुनै दुइ दुश्मन देशका मानिसहरुका बारेमा भन्ने गरिन्छ कि यससमा युद्धका लागि उत्साह छ या बैरभाव  छ । तर अझै गहिरो गरी स्थितिलाई हेर्ने हो भने त्यस्ता हल्काफुल्का सर्बेक्षणले प्राय ठोस सत्यतालाई प्रकाशमा ल्याउन सकेका हुँदैनन् । पहिलो कुरा यस्तो कुरा प्राय कुन समयमा गरिने गरिन्छ भने जतिबेला मानिसहरु भड्किसकेका हुन्छन् । अर्को कुरा यदि मानिसहरुलाई यो कुरा स्पष्ट पारिन्छ भने कि यदि अर्कोतर्फबाट खतरा उत्पन्न हुने छैन त्यतिबेला उनीहरु के चाहन्छन् भने त्यो प्रायः मित्रताकै कुरा हुने गर्दछ । कुरा के छ भने धेरैजसो मानिसहरुलाई दुश्मनका बारेका निकै बढाई चढाई गरेर बताइन्छ र उनीहरुलाई युद्धको पक्षमा उतारु बनाउने प्रयत्न हुन्छ । यस्ता अबाञ्छित भ्रान्तिहरुलाई हटाएर बिश्वले शान्ति सुब्यवस्थाको बाटोतिर लाग्नु पर्दछ ।