आइतबार, आश्विन १८ गते २०८३

बैंक तथा वित्तीय संस्थामा ७० खर्ब माथि निक्षेप


आषाढ ४, २०८२ बुधबार
बैंक तथा वित्तीय संस्थामा  ७० खर्ब माथि  निक्षेप

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको आकार ७० खर्ब  माथि रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार  वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुद्वारा संकलित निक्षेप  ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुको निक्षेप ६२ खर्ब ६२ अर्ब तथा अन्य वित्तीय संस्थाहरुको निक्षेप ७ खर्ब ४० अर्ब पुगेको छ ।  बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामध्ये वाणिज्य बैंकहरुले ४९ खर्ब ४९ अर्ब तथा अन्य वित्तीय संस्थाले ६ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेका छन् । वित्तीय प्रणालीमा निक्षेपको तुलनामा कर्जा भने विस्तार हुन सकेको छैन ।

 यस आर्थिक बर्षको वैशाखसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ ।  रेमिट्यान्स  आउने क्रम बढेकाले पनि वित्तीय प्रणालीमा तरलता बढेको हो ।