सोमबार, आश्विन १९ गते २०८३

सिटिजन्स बैंक र सोल्टी होटलबीच छुट सम्झौता


आषाढ ३, २०८२ मंगलबार
सिटिजन्स बैंक र सोल्टी होटलबीच छुट सम्झौता

सिटिजन्स बैंक र काठमाडौंको सोल्टी होटल एण्ड रिसोर्टबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ। अब बैंकका कार्डबाहक, प्रिभिलेज कार्डधारक र मोबाइल बैंकिङ ग्राहकले सोल्टीका सम्पूर्ण आउटलेटमा १० प्रतिशत छुट पाउनेछन्। यो सुविधा लिन सोल्टी हेरिटेज क्लबमा पहिलो पटक नाम दर्ता गराउनु पर्नेछ।

डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको यो सहकार्यले नगद कारोबार घटाउने विश्वास बैंकले जनाएको छ। हालसालै ‘बैंक अफ द ईयर २०२४’ उपाधि प्राप्त गरेको सिटिजन्स बैंकले देशभर २०० शाखा,१६८ वटा एटीएम र ३ विस्तारित काउन्टर मार्फत सेवा दिँदै आएको छ।