हिमालयन बैंकको शाखा स्थानान्तरण गरिएको छ । नजिक भएका शाखा सञ्जालहरु मध्ये लम्जुङको गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्नेमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ्गले गरेका हुन् । दूधपोखरी शाखा नामबाट सम्पूर्ण प्रकारका बैंकिङ सेवा प्रदान गरिने बैंकल जनाएको छ ।
हिमालयन बैंकले देशैभर १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटिएम, ८,००० भन्दा बढी पीओएस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट विविध बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
नेपालपत्र संवाददाता