नेपाल राष्ट्र बैंकले आज ८० अर्ब निक्षेप संकलनको लागि बोलकबोल गरेको छ । अधिक तरलता रहेसँगै केन्द्रीय बैकले निरन्तर रुपमा बोलकबोल मार्फत् बजारबाट तरलता प्रशोचन गर्दै आएको छ ।
राष्ट्र बैंकले आज २१ दिनका लागि निक्षेप संकलन उपकरण मार्फत बजारबाट तरलता प्रशोचन गर्न लागेको हो । जेठ १४ गतेदेखि असार ४ गतेसम्मको लागि बोलकबोल मार्फत निक्षेप प्रशोचन गर्ने राष्ट्र बैंकले जनाएको छ । अनलाइन विडिङ सिष्टम मार्फत् बोलकबोल हुने र घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आव्हान रकमसम्म बोलकबोल गर्न सकिने छ ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्र बोलकबोलमा सहभागी हुन पाउने छन् ।
नेपालपत्र संवाददाता