आइतबार, आश्विन १८ गते २०८३

अधिक तरलताको प्रभावः बजारबाट ३५ अर्ब  उठाउँदै केन्द्रीय बैंक


बैशाख ३१, २०८२ बुधबार
अधिक तरलताको प्रभावः बजारबाट ३५ अर्ब  उठाउँदै केन्द्रीय बैंक


नेपाल राष्ट्र बैंकले आज तीन हप्ताको लागि बजारबाट ३५ अर्ब उठाउने भएको छ ।  बैंकिङ प्रणालीमा नगद प्रवाह बढी भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट निक्षेप उठाउन लागेको हो ।

दुई दिन अघि  मात्र ३० अर्ब बजारबाट उठाएको बैंकले आज ३५ अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । बैंकले  पछिल्लो समयमा बजारबाट छिटो छिटो तरलता खिच्दै आएको छ । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी जेठ २१ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्। इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।