वित्तीय प्रणालीमा अधिक तरलता भएपछि आज राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरणमार्फत २१ दिनको लागि बोलकबोल गर्न आव्हान गर्दै राख्न राष्ट्र बैंकले सूचना प्रकाशित गरेको हो ।
उक्त निक्षेपको साँवा तथा ब्याज जेठ ११ गते भुक्तानी हुने सूचनामा उल्लेख छ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थले निक्षेप बोलकबोल गर्न पाउँछन् ।
नेपालपत्र संवाददाता