काठमाण्डौ / त्रिबिबि अन्तरगतको चिकित्सा शिक्षा अध्ययन संस्थानले रु.२५०० बाट एकाएक ९००० अर्थात् झण्डै चार दोब्बर जति परीक्षा शुल्क बढाउने बिद्यार्थी–अभिभावक मारा निर्णय गरेपछि यतिबेला चिकित्सा क्षेत्र लगायतकाे बिद्यार्थी जगत आक्रोशित बन्न पुगेको छ ।
यस सम्वन्धमा बिश्व बिद्यालयले प्रकाशित गरेको सूचना अनुसार अहिलेसम्म लिइदै आएको रु.२५०० बाट यो शिक्षा शुल्क बढाएर रु.९००० पुर्याएको छ । बृद्धि गरिएको यो चर्को शुल्क काठमाण्डौ बिश्व बिद्यालय सहित चिकित्सा शिक्षा पढाई हुने अन्य निजी बिश्वबिद्यालयहरुलाई आधार मानेर गरिएको चिकित्सा शिक्षा अध्ययन संस्थानका डीन प्रा.डा. दिब्यासिंह शाहले बताएकी छन् ।
यस सम्वन्धमा कुनै बैज्ञानिक आधार बिना यति ठूलो रकम राशी शुल्क बढाउनु गैर जिम्मेवार, अब्यवहारिक र खेदजनक छ भनेर सम्बन्धित बिद्यार्थीहरुले तीब्र असन्तुष्टी र आक्रोश ब्यक्त गरेका छन् ।
उनीहरुले यो बृद्धिलाई माफिया पोस्ने लुटाहा माफियामुखी भन्दै यो निर्णय तत्काल खारेज गर्न चिकित्सा शिक्षा अध्ययन संस्थान डीनको कार्यालय लगायत सम्वन्धित निकाय समक्ष माग गरेका छन् ।
यस बिबेकहीन निर्णयका सम्वन्धमा अखिल नेपाल बिद्यार्थी यूनियनका संयोजक मनिष भटराईले यो निर्णय खारेज नगरे बिद्यार्थी सशक्त आन्दोलनमा उत्रिने बाहेक अरु बिकल्प नरहेको चेतावनी दिएका छन् ।
त्रि.बि.चिकित्सा अध्ययन संस्थानको सूचना यस प्रकार छ :
