सोमबार, आश्विन १९ गते २०८३

भोलिबाट कोशी प्रदेश लगानी सम्मेलन, विदेशी लगानीकर्ता समेत सहभागी हुने


बैशाख १७, २०८२ बुधबार
भोलिबाट कोशी प्रदेश लगानी सम्मेलन,  विदेशी लगानीकर्ता समेत सहभागी हुने

कोशी प्रदेश सरकारले भोलिबाट दुई दिने  प्रदेश लगानी सम्मेलन  गर्ने भएको छ ।  सम्मेलनमा दुई दर्जन बढी परियोजना अघि बढाउनका लागि सम्झौता गर्ने आयोजकले जनाएको छ । 

पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना राखिदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए ।  आज  पत्रकार सम्मेलन गर्दै प्राधिकरणले सम्पूर्ण तयारी पूरा भएको  जानकारी दिइएको  छ ।

लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका  ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने तयारी छ । पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आई।टी। सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ । लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ । स्वदेशका उद्योगपतिहरू पनि यो लगानी सम्मेलनमा सहभागी हुनेछन् । 

लगानी सम्मेलनमा विभिन्न छ वटा विषयगत छलफल सञ्चालन हुनेछन् । कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावना विषयक विषयगत छलफल गरिने भएको छ ।