काठमाण्डौं । यो बर्ष नेपाल सम्बत भब्य र सभ्यरुपमा मनाउन एक ब्यवस्थापन समिति यहाँ गठन भएको छ । नयाँ बर्षकोरुपमा मनाइने गरेको यो नेपालको राष्ट्रिय सम्वत मनाउन समाजसेवी निरञ्जनरत्न शाक्यको अध्यक्षतामा यो समिति बनेको हो ।
यो समितिले नेपाल सम्वत बिभिन्न कार्यक्रमकासाथ मनाउन बिभिन्न उप–समितिहरु पनि बनाएको छ । आगामी म्हपूजाको दिन मनाइने उक्त समारोह ब्यवस्थित र प्रभावकारीरुपमा मनाउन १७ जनाको एउटा कमिटी पनि निर्माण भएको छ । समितिका अध्यक्ष निरञ्जनरत्न शाक्यको अध्यक्षतामा बसेको ब्यबस्थापन समितिको बैठकले सुजित बज्राचर्य,उमेश स्थापित, ज्योति शाक्य अमृत मानन्धर, नबिन मानन्धर, ज्ञानीहेरा महर्जन, पञ्च महर्जन र धर्मदेब महर्जन लगायत रहेका छन् ।
उपसमितिलाई सञ्चार आर्थिक, स्वयंसेवक, सास्कृतिक बाजागाजा समन्वय, डेलिगेसन, महिला सदस्य मनोनयन र परिचालन आदि कार्यको जिम्मा दिइएको छ । नयाँ बर्ष समारोह समितिमा गैर नेवा समुदायबाट समेत प्रतिनिधित्व गराइने बताइएको छ ।कृष्ण अर्याल, अजितमान तामाङ, दशरथ निरौला, निसारुद्दिन, राजन गौतम, तारा गौतम र सुरज भण्डेललाई पनि समितिमा समावेश गरिएको छ ।

लक्ष्मीदास मानन्धरलाई सम्मान गरिने
यो बर्ष नेपाल सम्वतको आन्दोलनमा योगदान पु¥याउने उद्योगपति लक्ष्मीदास मानन्धरलाई सम्मान गरिने निर्णय पनि लिइएको छ । समारोह समितिको ब्यवस्थापन समितिले दशैं अगाडि नै यो निर्णय लिएको बताइएको छ ।
स्मरण रहोस, गत बर्ष कोरोना संक्रमणको कारण बसन्तपुरमा भिन्तुना सभा र साँस्कृतिक र्याली स्थगित गरिएको थियो । त्यस अगाडि नेपाल भषा आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको दुःखद निधनमा शोक स्वरुप बसन्तपुरमा कुनै ठूलो साँस्कृतिक र्याली गरिएको थिएन ।
यो बर्ष कोरोनाको खोप धेरैले लिइसकेको र बिभिन्न जात्रा पर्बहरु पनि सुचारु भइसकेको कुरालाई दृष्टिगत गरेर नयाँ बर्षको साँस्कृतिक र्याली र समारोह २०७८ कार्तिक १९ गते गोबद्र्धन पूजाका दिन नेपाल सम्वत ११४२ प्रारम्भ हुने पनि समाचारमा जनाइएको छ ।