चालु आर्थिक वर्षको ९ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ८९ अर्ब रुपियाँ कर सङ्कलन भएको छ। आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्म विभिन्न शीर्षकमा पेट्रोलियम पदार्थबाट उक्त रकम बराबरकाे राजश्व सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ।
गएको आर्थिक वर्ष २०८०/८१ मा निगमले तीन खर्ब ५६ अर्ब ७२ करोड रुपियाँको इन्धन आयात गरेर एक खर्ब १२ अर्ब १७ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो।
निगमका अनुसार समीक्षा अवधिसम्म भन्सार शुुल्कवापत २९ अर्ब ३५ करोड रुपियाँ, मूल्य अभिवृद्धि कर मार्फत ३३ अर्ब ९७ करोड सङ्कलन भएको छ। यस्तै वातावरण शुुल्कबापत दुुई अर्ब ३८ करोड, सडक मर्मत दस्तुुरवापत चार अर्ब २९ करोड रुपियाँ सङ्कलन भएको छ। पूर्वाधार विकास करबापत १५ अर्ब ८५ करोड, हरित करबापत एक अर्ब ५९ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ।
निगमले पेट्रोलमा प्रतिलिटर २५ रुपियाँ २० पैसा भन्सार शुुल्क, चार रुपियाँ सडक मर्मत शुुल्क, १० रुपियाँ, एक रुपियाँ ३६ पैसा मूूल्य स्थिरीकरण कोषमा, एक रुपियाँ ५० पैसा वातावरण शुुल्क, मूल्य अभिवृद्धि कर १८ रुपियाँ र हरित करबापत एक रुपियाँ सङ्कलन गर्छ ।
यस्तै डिजेल प्रतिलिटरमा भन्सार शुल्क १२ रुपियाँ, सडकमर्मत दस्तुुर दुुई रुपियाँ, पूर्वाधार विकास कर १० रुपियाँ, मूल्य स्थिरीकरण कोष एक रुपियाँ ५७ पैसा, मूल्य अभिवृद्धि कर १८ रुपियाँ, वातावरण शुुल्क एक रुपियाँ ५० पैसा र हरित करबापत प्रतिलिटरमा एक रुपियाँ सङ्कलन हुने गरेको छ ।
हवाई इन्धन प्रतिलिटरमा भन्सार शुल्क प्रतिलिटर दुुई रुपियाँ १० पैसा, मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ३६ पैसा र मूूल्य अभिवृद्धि करमा १५ रुपियाँ ८४ पैसा कर निगमले सङ्कलन गर्छ ।
खाना पकाउने एलपी ग्यास प्रतिलिटर भन्सार शुुल्कबापत ८८ रुपियाँ १९ पैसा, मूूल्य स्थिरीकरण कोष १८ रुपियाँ ९५ पैसा र मूल्य अभिवृद्धिकरमा २१२ रुपियाँ १७ पैसा सङ्कलन हुने गरेको छ ।
पेट्रोलियम पदार्थ आयात हुने भन्सार नाकामा कर सङ्कलन हुने गर्छ । निगमका प्रवक्ता मनोजकुुमार ठाकुुरले इन्धनबाट सङ्कलन हुने कर सिधै सरकारको खातामा जम्मा हुने गरेको जानकारी दिनुुभयो । चालुु आवको बजेटमार्फत डिजेल र पेट्रोल प्रतिलिटरमा एक रुपियाँका दरले हरित कर लगाएको छ ।
नेपालपत्र संवाददाता