कुनै बेला बिश्वका सबैभन्दा धनबान ब्यक्ति बिल गेट्ससँग कसैले सोध्यो – के यो धरतीमा तपाईभन्दा पनि धनी कोही छ ?
बिल गेट्सले जबाफ दिए – अँ छन एकजना ब्यक्ति यस संसारमा मभन्दा पनि धनी छन् ।
ती को हुन् ? !!!
बिल गेट्सले बताए – कुनै बेला जब म मेरो सम्पन्नता र प्रसिद्धिको दिन थिएन म न्यूयोर्क एयरपोर्टमा थिए । त्यहाँ बिहानको समाचापत्र देखेर मैले एउटा समाचापत्र किन्न चाहें, तर मसँग खुजुरा पैसा थिएन, त्यसैले मैले त्यो पत्रिका लिने बिचार त्यागिदिएँ र त्यो पत्रिकावालाई पत्रिका फिर्ता गरिदिए । पत्रिका बेच्ने केटाले मलाई हे¥यो, अनि मैले आफुसँग खुजुरा पैसा नभएको कुरा भने ।
केटाले पत्रिका दिदै भन्यो — यो म तपाईलाई सित्तैमा दिन्छु ।
यति कुराकानी भयो सकियो । यस्तै तीन महिनाको सेरोफेरोपछि संयोगबश त्यसै एयरपोर्टमा म फेरि उत्रिन पुगेँ । त्यतिबेला पनि पत्रिकाका लागि मसँग खुजुरा पैसा थिएन । त्यो पत्रिका बेच्ने केटाले फेरि पनि मलाई सित्तैमा पत्रिका दिन थाल्यो । मैलो नदेउ भनेर मनाही गर्दिए र भने म यो लिन सक्दिन ।
त्यो केटाले भन्यो – तपाई यो लिन सक्नु हुन्छ, म यो पत्रिका तपाईलाई मेरो नाफाको हिस्साबाट दिइरहेको छु, मलाई नोक्सान हुँदैन, मैले पत्रिका लिएँ...।
त्यसको १९ बर्ष बितेर म आफु प्रसिद्ध भइसकेपछि एक दिन मलाई त्यो केटाको याद आयो र मैले उसलाई खोज्न शुरु गरेँ । यस्तै डेढ महिनाजति खोजे पछि अन्ततः मैले उसलाई भेटेँ पनि ।
मैले उसलाई सोधेँ – के तिमी मलाई चिन्छौं ?
केटो – अँ, तपाई मिस्टर बिल गेट्स हुनुहुन्छ ।
गेट्स – तिमीलाई थाहा छ नि कुनै बेला तिमीले मलाई निशुल्क पत्रिका दिएका थियौ ?
केटो – हजुर, मज्जाले थाहा छ, यस्तो दुइ पटक भएको थियो ।
गेट्स – म तिमीले त्यो मलाई गरेको सहयोगको मूल्य चुकाउन चाहन्छु,...। तिमी आफ्नो जीन्दगीमा जे जे कुरा चाहन्छौ, बताऊ, म तिम्रा ती सबै कुरा पूरा गरिदिन्छु ।
केटो – सर, के तपाईलाई लाग्दैन कि यसो गरेर तपाईले मेरो कामको मूल्य चुकाउन सक्नु हुन्न ?
गेट्स – किन !!!
केटो – मैले जतिबेला तपाईलाई मद्दत गरेको थिए म एउटा गरीब केटो थिए, जसले पत्रिका बेच्दथ्यो ..। तपाई मेरो मद्दत त्यतिबेला गर्दै हुनुहुन्छ जुनबेला तपाई एउटा समर्थबान ब्यक्ति हुनुहुन्छ ... अनि त तपाई मेरो मद्दतको बराबरी कसरी हुनसक्नु हुन्छ र !!!
बिल गेट्सको नजरमा त्यो ब्यक्ति संसारको सबैभन्दा सम्पन्नशाली ब्यक्तिभन्दा पनि धनी हो ।
किनभने कसैलाई मद्दत गर्नका लागि उसले धनी बन्न पर्खेको थिएन ।