आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रपतिद्वय शी जिनफिङ र द्राैपदी मुर्मुबीच चीन र भारतबीचको कूटनीतिक सम्बन्धकाे ७५ औँ वर्षमा बधाई सन्देश आदान-प्रदान


चैत्र २१, २०८१ बिहीबार
राष्ट्रपतिद्वय  शी जिनफिङ र  द्राैपदी मुर्मुबीच चीन र भारतबीचको कूटनीतिक सम्बन्धकाे ७५ औँ वर्षमा  बधाई सन्देश आदान-प्रदान

काठमाण्डाै । चीनका राष्ट्रपति शी जीनफिङ र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाकाे ७५ औँ वर्षगाँठका अवसरमा मङ्गलबार बधाई सन्देश आदानप्रदान भएको छ । चीन र भारत दुवै प्राचीन सभ्यता, प्रमुख विकासशील देशहरू र “ग्लोबल साउथ“ का महत्वपूर्ण सदस्यहरू दुवै आ–आफ्नो आधुनिकीकरण प्रयासको महत्वपूर्ण चरणमा छन्।
चीन–भारत सम्बन्धको विकासले चीन र भारतका लागि पारस्परिक उपलब्धिको साझेदार बन्नु र ’ड्रागन–एलिफेन्ट ट्यांगो’ (पाँच परस्पर समझदारी) लाई साकार पार्नु सही विकल्प हो भन्ने देखाउँछ, जसले दुवै देश र उनीहरूका जनताको आधारभूत हितलाई पूर्णतया पूरा गर्दछ,- शीले भने।
उनले द्विपक्षीय सम्बन्धलाई रणनीतिक उचाइ र दीर्घकालीन दृष्टिकोणबाट हेर्न र व्यवस्थापन गर्न, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक विश्वास, पारस्परिक लाभ र साझा विकासको मार्ग खोज्न, छिमेकी प्रमुख देशहरूलाई एकअर्कासँग घुलमिल हुन र संयुक्त रूपमा बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रको प्रवद्र्धन गर्न आग्रह गरे ।
राष्ट्रपति शीले सम्बन्धको वर्षगाँठलाई रणनीतिक पारस्परिक विश्वास बढाउने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग लाई मजबुत बनाउने, प्रमुख अन्तर्राष्ट्रिय मामिलामा सञ्चार र समन्वयलाई प्रगाढ बनाउने, चीन–भारत सीमा क्षेत्रमा शान्ति र अमनचयनको संयुक्त रूपमा रक्षा गर्ने, द्विपक्षीय सम्बन्धको सुदृढ र स्थिर विकासलाई अगाडि बढाउने र विश्व शान्ति र समृद्धिमा योगदान गर्ने अवसरका रुपमा लिन मुर्मूसँग काम गर्न आफू तयार रहेको बताए ।

मुर्मूले भारत र चीन दुई प्रमुख छिमेकी देश भएको र विश्वको एक तिहाई जनसंख्या रहेको उल्लेख गर्दै स्थिर, पूर्वानुमानयोग्य र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धले दुवै देश र विश्वलाई फाइदा पुग्ने बताइन् ।
उनले कूटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठलाई भारत–चीन सम्बन्धको सुदृढ र स्थिर विकासलाई संयुक्त रूपमा अगाडि बढाउने अवसरका रूपमा लिन प्रस्ताव गरिन् ।

सोही दिन भारतका प्नधानमन्त्री माेदीसँग चीनका प्रधानमन्त्री ली कियाङले  बधाई सन्देश आदानप्रदान गरेका थिए ।

Modi-Li Kiang.jpg
कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्षगाँठको अवसरलाई निरन्तर रणनीतिक पारस्परिक विश्वास अभिवृद्धि गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग प्रवद्र्धन गर्न, सीमा प्रश्नको उचित व्यवस्थापन गर्न, द्विपक्षीय सम्बन्धको सुदृढ र स्थिर विकासलाई अगाडि बढाउन, दुई देशका जनताका लागि थप लाभ पु¥याउन भारतसँग मिलेर काम गर्न चीन तयार छ । ’ लीले भने ।
मोदीले भारत र चीन दुई प्राचीन सभ्यताका रुपमा मानव इतिहासलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेको र अब शान्ति र विकासलाई बढावा दिने ठूलो जिम्मेवारी काँधमा रहेको बताए ।
भारत–चीन सम्बन्धको विकास विश्वको समृद्धि र स्थिरताका लागि मात्र नभई बहुध्रुवीय विश्वको प्राप्तिका लागि पनि अनुकूल रहेको उल्लेख गर्दै मोदीले भारत र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाभएको ७५ औँ वर्षगाँठले द्विपक्षीय सम्बन्धलाई सुदृढ र स्थिर विकासको चरणमा पु¥याउने विश्वास व्यक्त गरे ।