शनिबार, आश्विन १७ गते २०८३

पैदल पनि हिड्न नमिल्ने गरी मेची राजमार्गमा लड्यो पहिरो

कार्तिक ६, २०७८ शनिबार
पैदल पनि हिड्न नमिल्ने गरी मेची राजमार्गमा लड्यो पहिरो

इलाम । मेची राजमार्गको इलाम सदरमुकाम खण्डको  कुलधारा—धोबीधार बीचको खोल्सीभिरमा पहिरो जाँदा राजमार्ग पूरै अबरुद्ध भएको मात्रै होइन मानिसहरु पैदल आवत जावत गर्न पनि नमिल्ने स्थिति उत्पन्न भएको छ । यो ठाउमा गएको असोज १६ गते बिहान सुखा पहिरो गएर झण्डै ८० प्रतिशत भाग  काम नलाग्ने स्थितिमा पुगेकोमा यही कार्तिक २ गते मंगलबारका दिन झरीले गर्दा थप पहिरो गएर यो सडक सवारी साधन त के पैदलसम्म पनि हिड्न नहुने गरी नराम्रोसँग भत्केको छ ।

बैकल्पि ब्यवस्था नगरे मेची राजमार्ग अबरुद्ध रहने र यो क्षेत्रको जीवन रेखा नै गतिहीन भएर जनजीवनको सकस अझ बढ्ने देखिन्छ । साँघुरो खोल्सीभीरमा गएको यो ठूलो पहिरोबाट यो मार्गको पुनरोद्धार गर्न निकै समय र ठूलो खर्च लाग्ने स्थिति देखिएको जानकार अनुभवीहरु बताउँदछन् ।