आइतबार, आश्विन १८ गते २०८३

सुनिता विलियम्स र बुचरलाई अन्तरिक्षबाट फिर्ता ल्याउदा पनि राजनीति ?

चैत्र ७, २०८१ बिहीबार
सुनिता विलियम्स र बुचरलाई अन्तरिक्षबाट फिर्ता ल्याउदा पनि राजनीति ?

के तपाइलाई थाहा छ, सुनिता विलियम्स सुनिता विलियम्स र बुच विलमोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउदा पनि राजनिति भएको थियो । कस्तो राजनिति भएको थियो जानी राखौ कि ? 
सुनिता विलियम्सको बुबा भारतीय चिकित्सक हुन् । उनको नाम हो दीपक पाण्डे । उनी गुजरातका हुन् । १९५८ मा उनी अमेरिका पुगेका थिए । यो देखेर धेरै मान्छेलाई आत्मवल मिल्छ । सुनिता विलियम्सलाई केवल ८ दिनका लागि अन्तरिक्षमा पठाइएको थियो । जब उनीहरु ९ महिनासम्म अन्तरिक्षमा अड्कीरहनु पर्यो । आजभन्दा ९ महिना पहिले जुन यानले यिनलाई लिएर गएको थियो त्यसले यिनीहरुलाई ल्याउन सकेन । यिनीहरुलाई ल्याउन तीनचोटी प्रयास गरियो ल्याउन सकिएन । यसमा राजनीतिक कारण थियो । यस्तो ठाउँमा यिनीहरु ९ महिना बसे जहाँ बस्नको लागि न ठूलो स्पेश छ । न खानको लागि । न सुत्नको लागि । परिवार साथीभाई, आफन्त कोहीपनि भेटघाटको आशा छैन । फर्किने आशा छैन । यस्तो समयमा यिनीहरुका दिमागमा कस्तो दृढ आशा होला ? पृथ्वीबाट १०० किलोमिटर माथी पुगेपछि बैज्ञानिकहरुले त्यस स्पेशलाई अन्तरिक्ष भन्छन् । 
पृथ्वीबाट ४०० किलोमिटर माथी आइएसएस स्टेसन राखेको छ अमेरिकामा जो स्पेशमा तैरिरहन्छ जो २८००० प्रतिघण्टा किलोमिटरका दरले । यसले २४ घण्टामा पृथ्वीलाई १६ चोटी  परिक्रमा गर्छ । 
स्पेश क्राफ्ट जुन लिन गयो त्यो एलन मस्कको कम्पनीकाे थियो । सुनितालाई लिन जाने क्राफ्टमा ४ जना बैज्ञानिक लिएर गएको थियो । सुनिता विलियम्सको मिसनलाई क्रु ९ भनिन्छ भने, यिनीहरुको रिप्लेसमा गएका ४ जनाको मिसनलाई क्रु १० भनिन्छ । रकेटलाई फाल्कन ९ भनिएको छ । जब यो आरएसएससँग जोडिन्छ त्यसपछि रिप्लेस हुन्छ । 
अब यत्रो दिन किन बस्न परो यिनीहरुलाई ? जुन फाल्कन ९ रकेट जसले यिनीहरुलाई लिन गयो त्यस्तै अमेरिकाको अर्को एउटा रकेट कम्पनी छ त्यो हो वोइंग । वोइंगको त हवाइजहाज छ । वोइंगले सोच्यो हामी त हवाइजहाज चलाउँछौं हावामा । फाइटर जेट पनि चलाउँछौं । 
मने एलन मस्कले जस्तै हामीले पनि स्पेशमा अधिकार जताऔं । उसले त्यो प्लान गर्यो सुनिता विलियम्सको टिमलाई पठायो एटलस भी रकेट स्टारलाइन स्पेश क्राफ्टबाट ।  
पठाउन त पठायो तर त्यो लिकेज भयो र उसले फिर्ता ल्याउन सकेन उनीहरुलाई स्पेशमै छाडिदियो । वोइंगले धेरै प्रयास गर्यो । लिन जान । वाइडेन सरकारले वारम्बार अनुमति पनि दियो । के भो भने, खालि रकेट लिन जान सकेन । दोहोरो मार पर्ने भो । वोइंगसँग जाने बैज्ञानिक फेला परेन । किनभने वोइंग पहिल्यै फेल खायो । 
अब चुनाव आयो अमेरिकामा । ट्र्रम्पले इस्य पाए उनले भने, वोइंग वाले जो वाइडेन समर्थकले लिन जान त सकेन । एलन मस्क जाँदैन । म सरकारमा गएँ भने एलन मस्कले उनीहरुलाई ल्याउन सक्छ । यसमा खुब राजनीति भो ।
अन्तत : एलन मस्क र ट्र्रम्प प्रशासनले ल्याई छाडे ।
उनीहरू स्पेस एक्स क्याप्सुल तीव्र गतिमा वातावरण पार गरेको थियो। फ्लोरिडाको तटमा अवतरण गराउने क्रममा उनीहरूका लागि चार वटा प्यारासुट खोलिएको थियो।उनीहरूलाई रेस्क्यु जहाज मार्फत तटमा अवतरण गराइएको हो। यस क्रममा सहकर्मी अन्तरिक्ष यात्री तथा निक हग र अलेक्जेन्डर गुर्मुनोभले सहयोग गरेका थिए।
८ दिनमा सकिने लक्ष्य राखिएको सो मिसन नौ महिनामा आएर पूर्ण रूपमा सकिएको छ। उनीहरूको घर फर्कने यात्रा १७ घण्टा लामो थियो। तौल नभएको वातावरणमा लामो समय बिताएका उनीहरूलाई एडप्ट गर्न कठिन हुने भएकाले स्ट्रेचरको प्रयोग गरिएको थियो। स्वास्थ्यकर्मीले परीक्षण सकेर उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ । 

साभार 
शिव सत्याल

अम्रिता पौडेल 
(बाैद्धिक अराजक केटी)काे Facebook wallबाट

७ फागनु २०८१