आइतबार, आश्विन १८ गते २०८३

बिजयलाल श्रेष्ठद्वारा लिखित 'भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी' लाेकार्पण


चैत्र १, २०८१ शुक्रबार
बिजयलाल श्रेष्ठद्वारा लिखित 'भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी' लाेकार्पण

काठमाण्डाै । शहीद गंगालाल र कमरेड पुष्पलाल समेतका पिता भक्तलालमा समर्पित र केन्द्रित कान्छा छोरा  बिजयलाल श्रेष्ठले ९१ बर्षको उमेरमा लेख्नु भएको राष्ट्रिय ब्यक्तित्वहरुको पारिबारिक पृष्ठभूमि सहीत आरोह अबरोहको  आफ्नो पछिल्लो किताब ‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ आज एक समारोहका बीच  काठमाण्डौमा  बिमोचित गरियो । कूटनीतिज्ञ तथा राजनीतिक बिश्लेषक हिरण्यलाल श्रेष्ठको अध्यक्षतामा  १०१ बर्ष पुग्नु भएका शताब्दी पुरुष कार्यक्रमका प्रमुख अतिथि डा. गौरीशंकर  लाल दास कर्ण समेत मञ्चमा आसीन सबैले संयुक्तरुपमा लोकार्पण गर्नु भएको त्यस आत्मपरक पुस्तकको  नेपाली साहित्यका आदि कबि भानुभक्तका नाती कूटनीतिज्ञ तथा अग्रेजीका सेवा निबृत्त  प्राध्यपक जयराज आचार्य, राजनीतिक बिश्लेषक पुराना पत्रकार अरबिन्द रिमाल तथा प्राध्यापक एबं राजनीतिक बिश्लेषक  डा. सुरेन्द्र केसी तथा लेखक स्वयं बिजयलाल श्रेष्ठ समेतले बिबेचना गर्नु  भएको थियो ।

bimochanviayalalabook.jpg
एकानब्बे बर्षकाे यति पाको उमेरमा पनि तत्कालीन परिवेश, पारिबारिक पृष्ठभूमिमा पिता भक्तलालकाे बिशिष्ठ भूमिका तथा अदम्य साहकासाथ दाजु गंगालाल र पुष्पलाद्वयले देखाउनु भएको देश जनताप्रतिको असीम निष्ठा, समर्पण र  त्यागको उजागर गरेर नेपाली समाज र यूवा पिढीलाई ठूलो गुन लगाएको भनेर समीक्षकहरू सबैले लेखक बिजयलालकाे यथाेचित  प्रसंशा गर्नु  भएको थियो ।

udghatan.jpg

कार्यक्रममा बडाे सुन्दरढंगले शहीद गंगालालकी नातिने बुहरी चाँदनी घिमिरेले नेपाली र अग्रेजी दुबै भाषामा प्रभावकारी  उद्धाेषणा  गर्नु भएको थियो भने  समारोहमा उपस्थित सबैलाई बिजयलाल श्रेष्ठका छोरा  अरुण श्रेष्ठले स्वागत  गर्नु भएको थियो । बिद्यार्थी पुस्तकभण्डार प्रकाशक केदार गौतमले पनि एउटा अलग्गै महत्व बोकेको बिजयलाल श्रेष्ठको यो किताब प्रकाशन गर्न पाउँदा खुशी प्रकट गर्नु भएको थियो । कार्यक्रममा लेखक बिजयलाल श्रेष्ठका मित्रहरु, आफन्तहरु र गन्यमान्य ब्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।