अधिकांश वाणिज्य बैंकहरुले चैत्र महिनाका लागि फागुनकै व्याजदर यथावत् राखेका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १७ वटा बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छन् । तीनवटा बैंकले भने ब्याजदर परिमाजर्न गरेका छन् ।
चैत्र महिनाका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ५.९५ प्रतिशत रहेको छ । फागुनमा यस्तो ब्याजदर ६.००१ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.०४ बिन्दुले घटेको छ।
त्यस्तै संस्थागतर्फ चैत्र लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ४.४६ प्रतिशत विन्दुमा झरेको छ । फागुनमा यस्तो ब्याजदर ४.४९ प्रतिशत रहेको थियो ।
चैत्र महिनाका लागि नेपाल बैंक र हिमालयन बैंकले ब्याजदर घटाएका छन् भने कुमारी बैंकको ब्याजदर बढेको छ। नेपाल बैंकले ०.१ प्रतिशत बिन्दुले घटाएको छ भने हिमालयन बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०।७५ प्रतिशत बिन्दुले घटाएको छ । कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा ०.१ प्रतिशतले ब्याजदर बढाएको छ।
नेपालपत्र संवाददाता