काठमाण्डाै । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको गभर्नरसमक्ष शपथ ग्रहण गरेका छन् । पाँडे बैंकको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकबाट अध्यक्षमा चयन भएका हुन् ।
पाँडेले प्रचलित कानुन तथा नियमानुसार सोमबार नेपाल राष्ट्र बैंकमा एक कार्यक्रमबिच गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहणमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र लगायत अन्य उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
नेपालपत्र संवाददाता