शनिबार, आश्विन १७ गते २०८३

कमरेड लोकनारायण सुबेदीद्वारा कमरेड मोहन बैद्य ‘किरण’को –स्वास्थ्यलाभको कामना !

कार्तिक ३, २०७८ बुधबार
कमरेड लोकनारायण सुबेदीद्वारा कमरेड मोहन बैद्य ‘किरण’को –स्वास्थ्यलाभको कामना !

    गएको शनिबारदेखि नर्भिक अस्पताल थापाथलीमा  उपचाररत नेपाल कम्युनिष्ट पार्टी((क्रान्तिकारी माओबादी)का महासचिव कमरेड मोहन बैद्य ‘किरण’लाई आज नेपाल कम्युनिष्ट पार्टी सह–संयोजक लोकनारायण सुबेदीले नर्भिक अस्पतालमा भेटी उहाँको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिदै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । HospitalNarvic.jfif
कमरेड बैद्यको स्वास्थ्यमा सुधार भइरहेको तर श्वास फेर्न अप्ठ्यारो भएकोले  अक्सिजन लिन परिरहेको र कफ पनि आइरहेको बताइएको छ। उहाँलाई अन्य केही औषधीहरु पनि इन्ट्राभेनस पद्धतिबाट दिइराखेको तथा केही दिनसम्म धेरै नबोल्न चिकित्सिहरुले सल्लाहा दिएको  उहाँकी छोरीले बताइन् । 

भेटको अवसरमा कमरेड बैद्यले नेपाल कम्युनिष्ट पार्टीका सह–संयोजक सुबेदीसँग देशको स्थिति धेरै खराब भएको, आराम भएपछि महत्वपूर्ण र गम्भीर कुरा गरेर अघि बढ्नु पर्ने स्थिति रहेको कुरा छोटकरीमा बताएका थिए ।