बुधबार, भाद्र ३ गते २०८३

एमजीले नेपालमा भित्र्यायो एस५ इभी


फाल्गुण २३, २०८१ शुक्रबार
एमजीले नेपालमा भित्र्यायो एस५ इभी


काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा एमजी एस ५ ईभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ । याे विद्युतीय सवारी साधनले इभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ ।

लोकप्रिय एमजी जेडएस इभि को उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको एमजी एस ५ इभि अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन, र आधुनिक विद्युतीय सवारी प्रेमीहरूका लागि उत्कृष्ट विशेषताहरूको साथ आएको कम्पनीले जनाएको छ । 

एमजी एस ५ इभि नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छन् । दुबै भेरियन्टमा ४९ किलोवाट प्रति घन्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएकोले अधिकतम् २५० न्यूटन मिटर टर्क उत्पन्न गर्न सक्छ ।

डिलक्स भेरियन्ट लामो दूरी तय गर्न सक्ने विशेष क्षमतासहित प्रस्तुत गरिएको छ, जसले उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि आकर्षक विकल्प प्रदान गर्छ । ४९ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर भएको आरामदायी र डिलक्स भेरियन्ट भएको एमजी एस ५ ईभीको सुरुवाती मूल्य क्रमशः ४३.९९ लाख र ४९.९९ लाख रहेको छ भने ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस ५ ईभीको मूल्य ५४.९९ लाख रहेको छ ।