आइतबार, आश्विन १८ गते २०८३

साम्राज्यबादकाे बिराेध र प्यालेस्टिनकाे समर्थनमा सडकमा उत्रियाे राष्ट्रिय क्रान्तिकारी माेर्चा


फाल्गुण २३, २०८१ शुक्रबार
साम्राज्यबादकाे बिराेध र प्यालेस्टिनकाे समर्थनमा सडकमा उत्रियाे राष्ट्रिय क्रान्तिकारी माेर्चा

काठमाण्डौ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले प्यालेष्टाइनलाई उपनिवेश बनाउने, बिस्थापित गर्ने र उनीहरुलाई राज्यबिहीन तुल्याउन  र जाति संहार गर्ने अमेरिकी साम्राज्यबादको षडयन्त्रको भण्डाफोर गर्दै फागुन २२ गते राजधानीमा एक भण्डाफोर कार्यक्रमको आयोजना गरेको छ । माइती ङर मण्डलामा सम्पन्न यस  कार्यक्रममा राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले हिजो बृटिश साम्राज्यबादले प्यालेस्टिनी राज्य अतिक्रमण र बिभाजन गरेर त्यहाँ यहूदीहरुलाई बसालेर षडयन्त्रपूर्बक इजरायली राज्य खडा गरेको हो भने  आज त्यहाँबाट पनि सम्पूर्ण प्यालेस्टिनीहरुलाई बिस्थापित गर्ने र जाति संहार गर्ने सबै किसिमले घोर अमान्य र अस्वीकार्य षडयन्त्र गर्न लागेकोमा त्यसको जोडदार बिरोध गर्दै तत्कालकालागि संयुक्त राष्ट्रसंघले अगाडि सारेको  प्यालेष्टाइन र इजरायल दुई राज्य अवधारणा मान्नु नै समस्या समाधानको प्रारम्भिक कदम हुन सक्छ भन्नु भयो ।सुवेदीले अगाडि भन्नु भयो “ देशविहीन हुनु भन्दा बरु दुई राज्यको नीतिलाई स्वीकार गरेर आफ्ना मान्यताहरु राख्दै पूर्ण स्वाधीनताक संघर्ष जारी राख्दै जानु नै सही हुन्छ ।

Morchamandala.jpg

उहाँले संयुक्त राष्ट्रसंघको उक्त प्रस्तावलाई नेटो राष्ट्रबाहेक सबैले स्वीकार गरेका छन् भन्नु हुँदै  अगाडि भन्नु भयो , गाजालाई टुरिष्ट हब बनाउने ट्रम्पको भनाइ जातीय सफायाको घाेर अमानबीय  नीति हो । विश्वभरीबाट त्यो नीतिको विरोध गरिनु पर्दछ ।” उहाँलले रुस र चीनलाई लडाएर आफ्नो सुप्रिमेसी (आफ्नो हैकम ) कायम राख्ने प्रयास गरेको भए पनि अब अमेरिकी साम्राज्यवाद ओरालो लागिसकेको स्थिति  छ  । अहिलेसम्म जुन जुन देशमा अमेरिका प्रवेश गर्छ अतिक्रमण गर्छ ती देशहरु बर्बाद भएको उदाहरण दिदै र पेलेस्थिनीहरुको न्यायपूर्ण स्वाधीनता र मुक्तिको संघर्षले बिजय हासिल गर्ने बिश्वा स ब्यक्त गर्नु भयो ।  बिश्वमा अघि बढिरहेको साउथ–साउथ कोअपरेशन र डि–डलराइजेशनले समेतले साम्राज्यबाद कमजोर हुँदै गएका संकेत दिइरहेको पनि उहाले उल्लेख गर्नु भयो ।

solidaritymorcha.jpg
भण्डाफोर कार्यक्रममा  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले  सम्बोधन गर्नु हुँर्दै अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवाद धोकेवाज हुन् भन्नु भयो ।इजरायल प्यालेष्टाइन युद्धमा ४६ हजार भन्दा धेरै प्यालेष्टाइनीहरुले ज्यान गुमाएका थिए । युद्धविराम पछि पनि १३९जना प्यालेष्टाइनीहरुलाई उनीहरुले मारे, कति धोकेवाज छन् ? नेता नेपालीले प्रश्न गर्नुु भयो ।उहाँले एम सीसी खारेज हुन राम्रो हो भन्दै एमसीसीमा फेरि षडयन्त्र हुन सक्ने भएकाले नेपालीहरु सजग हुन अनुरोध गर्नु भयो । अहिले युक्रेनमा खनिज पदार्थ लुट्न अमेरिकाले दिइरहेको दबाबको प्रसंग उठाउँदै त्यो स्थिति नेपालमाथि पनि आउन सक्ने भएकाले नेपालीहरु चनाखो हुनु पर्नेमा उहाँले जोडदिनु भयो ।

भण्डाफोर कार्यक्रममा राष्ट्रिय क्रान्तिकारी मोर्चाका सदस्य तथा नेकपा माक्र्सवादी पुष्पलालका नेता अच्यूत ज्ञवालीले कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता लोकनारायण सुवेदी ,संचालन क्रान्तिकारी महिलासंगठनका सहसंयोजक शारदा महत र स्वागत मोर्चाका सदस्य प्रतिराेध अान्दाेलनका नेता शैलज पौडेलले गर्नुभएको थियो । कार्यक्रममा जोर्डनियन युनिटी पपुलर डेमोक्रेटिक पार्टीका अमिन अरारको प्यालेस्टिन संघर्षकाे समर्थनमा दिएकाे  भाषणलाई पत्रकार उषा तितक्षुले वाचन गरेर सुनाउनु भएको थियो ।कार्यक्रमकाे शुरु तथा अन्त्यमा अमेरिकी साम्राज्यवाद मुर्दावाद । विपिन जोशीलाई तत्काल रिहाइ गर , प्यालेष्टाइनको स्वतन्त्रता जिन्दावाद भन्ने जस्ता बिभिन्न  नाराहरु लगाइएको थियो ।