बुधबार, भाद्र ३ गते २०८३

ब्लोदानद्वारा दशौं राष्ट्रिय रक्तदाता दिवसको अवसरमा संघसंस्थालाई सम्मान


फाल्गुण २२, २०८१ बिहीबार
ब्लोदानद्वारा दशौं राष्ट्रिय रक्तदाता  दिवसको अवसरमा  संघसंस्थालाई सम्मान

ब्लड डोनर्स एशोसियन नेपाल (ब्लोदान) ले दशौं राष्ट्रिय रक्तदाता दिवस २०८१ को अवसरमा विभिन्न संघसंस्थालाई सम्मान गरेको छ । ब्लोदानले नेपालका प्रथम  स्वयंसेवी रक्तदातहरुमा समर्पित तथा सम्मान कार्यक्रमको आयोजना गरी फागुन १ गतेदेखि २१ गतेसम्म रक्तदान गर्ने संस्थाहरुलाई सम्मान गरेको हो । ब्लोदनका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति वरिष्ठ सञ्चार उद्यमी  तथा ब्लोदानका संरक्षक भाष्करराज राजकर्णिकारले संघ संस्थालाई सम्मान प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अथिति राजकर्णिकारले विरामीको लागि आवश्यक पर्ने रगतको समस्या समाधानका लागि सबै पक्ष मिलेर काम गर्नु पर्ने बताए ।  विश्वमा रक्तदानलाई व्यवस्थित गरेर लगेको र रगतको पूर्तिको लागि सरकारी तवरबाट काम हुने गरेको भए पनि मुलुकमा भने त्यसो हुन नसको उनको भनाई छ । सरकारले हरेक बर्ष स्वास्थ्यको क्षेत्रमा ठुलो बजेट छुट्याउने  गरेको भन्दै त्यो बजेट कहाँ खर्च हुन्छ भनेर आफुले समेत थाह नपाएको उनले जनाए । आफु र आफन्तलाई आवश्क पर्दा रगतको महत्व थाह हुने गरेको भन्दै उनले हरेक स्वस्थ व्यक्तिले रक्तदान गरे विरामीको लागि आवश्यक पर्ने  रगतको समस्या हल भएर जाने बताए । आम सञ्चारको माध्यमबाट रक्तदान सम्बन्धि जनचेतना फैलाउँन आवश्यक भएको र त्यसका लागि मिडिया एलाइन्स नेपाल सहकार्य गर्न तयार रहेको उनले जनाए । रक्तदान सम्बन्धि सन्देशमूक सामाग्री उत्पादन गरी राष्ट्रिय टेलिभिजन, रेडियो र पत्रपत्रिका मार्फत प्रचार प्रसारमा सघाउने सो अवसरमा उनले प्रतिवद्धता जनाए ।

481916716_9563709203649332_3537572668171381967_n.jpg

कार्यक्रमका विशेष अथिति तथा बागमती प्रदेश सांसद सुनिल के.सी.ले आफु पनि विभिन्न संघ संस्थामा आवद्ध भएर सामाजिक कार्य गर्दै आएको बताए । राम्रो कामको सम्मान गर्ने संकारको विकास गरेर जानु पर्ने  भन्दै उनले त्यसका लागि सबै पक्षले साथ सहयोग दिनुपर्ने उनको भनाई छ । कार्यक्रममा ब्लोदानका नि. वर्तमान अध्यक्ष ई. सानुबाबु प्रजापतिले रगतको सहज पापूर्तिको लागि सरकार, अस्पताल र रेडक्रस सोसाइटीसँग सहकार्य गरेर जानु पर्नेमा जोड दिए । उनले रक्तदान सम्बन्धि क्याम्पिएन सञ्चालन गरी युवा पुस्तालाई रक्तादन गर्न अभिप्ररित गर्न सके रगतको मागलाई पुरा गर्न सक्ने विश्वास व्यक्त गरे । कार्यक्रममा ब्लोदानका अध्यक्ष श्रेष्ठले विगत तीन दशकदेखि विभिन्न सरोकारवाला निकायसगँ आवश्यक समन्वय गर्दै विना शोधभर्ना विरामीलाई आवश्यक पर्ने रगत उपलब्ध गराउन लागि परेको बताए ।

त्यसका साथै रक्तदान सम्बन्धि जनचेतना अभिवृद्धि गर्न ब्लोदानले जनचेतनामूलक तथा  उत्प्रेरणामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको  उनले जानकारी दिए । विभिन्न संघ संस्थाले फागुन १ गतेदेखि २१ गतेसम्म रक्तदान कार्यक्रम आयोजना गरी विरामीको उपचारमा आवश्यक पर्ने रगत व्यवस्थापनमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको उनको भनाई छ । कार्यक्रममा केन्द्र, जिल्ला र भेगिय रुपमा ब्लोदनमा आवद्ध संघ संस्था र स्वयसेवी रक्तदाताहरुको उस्थिति रहेको थियो ।