आइतबार, आश्विन १८ गते २०८३

माछापुच्छ्रे क्यापिटलद्वारा ‘एमबीएल इक्विटी फण्ड ’निष्काशन तथा बिक्री सुरु


फाल्गुण २२, २०८१ बिहीबार
माछापुच्छ्रे क्यापिटलद्वारा ‘एमबीएल इक्विटी फण्ड ’निष्काशन तथा बिक्री सुरु

माछापुच्छ्रे क्यापिटलले आजबाट एमबीएल इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १ अर्ब २० करोड रुपैयाँको बन्दमुखी योजना बिक्री खुला गरेको हो । 

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई बिक्री गर्ने जनाएको छ । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक, १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल र बाँकी १० करोड २० लाख इकाई सर्वसाधरणलाई छुट्याएको छ । 

१२ वर्ष अवधि रहेको उक्त फण्डमा १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । फण्डको इकाईमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा चैत ७ गतेसम्म आवेदन समय लम्बिनेछ । उक्त म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ ।