बुधबार, भाद्र ३ गते २०८३

दिगो बैंकिङका लागि महालक्ष्मी विकास बैंकको वाकाथन


फाल्गुण १९, २०८१ सोमबार
दिगो बैंकिङका लागि महालक्ष्मी विकास बैंकको वाकाथन

 

काठमाण्डाै । महालक्ष्मी विकास बैंकले दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वाकाथन आयोजना गरेको छ । बैंकले बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत सो कार्यक्रम सम्पन्न गरेको हो । 

बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै यस विशेष यालीको आयोजना गरिएको हो ।

बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण मार्गमा वाकाथन गरिएको थियो । त्यस अवसरमा, हरित बैंकिङ र दिगो वित्तीय रणनीति को आवश्यकतामाथि विशेष जोड दिइएको थियो । 

महालक्ष्मी विकास बैंकले १०३ शाखाहरूमार्फत् ८ लाख ग्राहकमाझ वित्तीय सेवा दिँदै आएको छ ।