आइतबार, आश्विन १८ गते २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा  बैंकको ३८ औं वार्षिक साधारणसभा, अध्यक्षमा पाँडे निर्वाचित


फाल्गुण १६, २०८१ शुक्रबार
नेपाल इन्भेष्टमेण्ट मेगा  बैंकको ३८ औं वार्षिक साधारणसभा, अध्यक्षमा पाँडे निर्वाचित

 नेपाल इन्भेष्टमेण्ट मेगा  बैंकको ३८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको जगेडा कोषमा ३१ अर्ब ७३ करोड रुपैयाँ जम्मा भइसकेको छ । 

 बैंकले एनपिए बिक्री गरेर भए पनि आगामी वर्ष लाभांश दिने प्रयत्न गर्ने अध्यक्ष  पृथ्वी बहादुर पाँडेले बताए । उनले बैंक उच्च व्यवस्थापनलाई १० अर्बको एनपिए मध्ये ५० प्रतिशत भए पनि बिक्री गरेर सक्न निर्देशन दिएका छन् ।

 सभालाई संबोधन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बैंकका लागि अहोरात्र काम गरिरहेको भन्दै अहिलेको अवस्था बैंकको बस भन्दा बाहिर रहेको हुँदा देखिने गरी उपलब्धीहरु हासिल गर्न नसकिएको बताएका छन् । साधारण सभाले   बैंकको सर्वसाधारण शेयरधनी समूह तर्फको भएको निर्वाचनमा कवि कुमार टिवरेवाला र शालिक राम बेलबासे निर्वाचित भएका छन् । 

फागुन १५ गते सम्पन्न वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट कवि कुमार टिवरेवाला, शालिक राम बेल्वासे, विकाश थापा, बरुण श्रेष्ठ, बन्दना पाठक र बन्दना थापाहरु बीचमा निर्वाचन भएको थियो । संस्थापक समूह तर्फबाट पनि पृथ्वी बहादुर पाँडे सहित दिपंकर शाक्य उदय, पर्वत कुमार कार्की, प्रजन्य राजभण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ, किरण प्रकाश पाण्डे र मदन कुमार आचार्यको उम्मेदवारी  दिएका थिए।

पर्वत कुमार कार्की, सूर्य प्रकाश लाल श्रेष्ठ र किरण प्रकाश पाण्डेले उम्मेद्वारी फिर्ता लिए सँगै पृथ्वी बहादुर पाँडे (छाँया इन्भेषेटमेन्ट प्रा .लि), दिपंकर शाक्य विनय, प्रजन्य राज भण्डारी ९के।यु।पि इन्भेष्टमेन्ट प्रालि० र मदन कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् ।