भाषा तथा ब्याकरणाबिद नेपाली र अंग्रेजी भाषाका प्रसिद्ध ब्याकरणका लेखक चुडामणि गाैतमकाे २०८१ फागुन १२ गते साँझ ४ः०० बजे ८१ वर्षको उमेरमा निधन भएकाे छ । तेह्रथुमको कोयाखोलामा २००० साल असोज १ गते जन्मिएका गौतमले ६/७ वर्षको उमेरमा अक्षर खुट्याउन थालेका थिए ।
गौतमले नेपाली र अंग्रेजी भाषामा व्याकरण तथा शब्दकोश लेखनमा महत्वपूर्ण योगदान दिएका छन्। उनका ५० भन्दा बढी पुस्तक प्रकाशित छन्, जसमा २० भन्दा बढी प्रचलित छन्। उनका प्रसिद्ध कृतिहरूमा 'गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी', 'नेपाली–इङ्गलिस डिक्सनरी', 'राम्रो अंग्रेजी बोलचाल अभ्यास', 'गौतम व्यावहारिक नेपाली शब्दकोश', 'विवादित वर्णविन्यासको नेपाली शब्दकोश', 'नेपाली शब्दको दुर्दशा', 'फुलको माला क्या मज्जा', 'नेपाली शुद्धाशुद्धि ज्ञान' लगायतका पुस्तकहरू समावेश छन्
गौतमको चिनारी 'ग्रामर गुरु' को रूपमा रहेको छ, र उनले 'हायर लेभल इङ्गलिस ग्रामर, कम्पोजिसन एण्ड प्रनन्सियसन' पुस्तक लेखेका थिए। उनका कृतिहरूले धेरै प्राध्यापक, प्रशासक, नेता आदिलाई अंग्रेजी भाषामा पकड बनाउन मद्दत पुर्याएको छ।
गौतमको निधनले नेपाली साहित्य र भाषाशास्त्रमा ठूलो क्षति पुगेको छ। उनको योगदान सदैव स्मरणीय रहनेछ