काठमाडौं । धेरै विवाद र विराेध हुँदा हुँदै पनि नेपालकाे संसदले पारित गरेर लागु गरिएकाे इण्डाे-प्याशिफिक स्ट्राटेजी अन्तरगतकाे अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत भएका आयोजनाअरू अब रोकिने भएका छन् ।
यस सम्बन्धमा एमसीसीले गएको शुक्रबार एक इमेलमार्फत नेपाल सरकारलाई एमसीसी फन्डमार्फत हुने भुक्तानी रोक्न पत्र पठाएको थाहा भएकाे हो । नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा कम्प्याक्टअन्तर्गत कार्यन्वयन गर्ने बिबादास्पद सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपतिको गएको जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको जानकारी नेपाल सरकार अर्थ मन्त्रालयलाई पठाएको हो ।
दाेश्राे कार्यकालका लागि राष्ट्रपति पदरभार ग्रहण गरे पश्र्चात वैदेशिक सहायता तीन महिनाका लागि रोकेपछि एमसीसीअन्तर्गतका आयोजनाको काम र प्राप्त सहयोग के हुने भन्ने प्रश्न उठ्न थालेको थियो ।
यस एमसीसीअन्तर्गत विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना गरी दुईवटा राष्ट्रिय गौरवका आयोजना रहेकाे बताइएकाे थियाे । आयोजनामा मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) र एमसीसीको संयुक्त लगानी छ ।
यस कार्यक्रममा अमेरिकी सरकारको एमसीसी कम्प्याक्ट कोषको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७ करोड अमेरिकी डलर लगानी छ ।
नेपालपत्र संवाददाता