बुधबार, भाद्र ३ गते २०८३

मानिस, कला, सँस्कृति सबै श्रमका उपज

कार्तिक २, २०७८ मंगलबार
मानिस, कला, सँस्कृति सबै श्रमका उपज
 
गीत र संगीत मानिसको जीवनको अभिन्न अंग हो । यो शारिरीक तथा मानसिक, बैयक्तिक तथा  सामजिक स्वास्थ्यका लागि समेत उपयोगी छ भनेर बिज्ञ अनुसन्धानकर्ताहरुले उल्लेख गर्ने गरेका छन् । मानिस प्रकृतिको उपज हो र प्रकृतिमा रमाउँदछ । प्रकृतिका अनेक रंग र तरंगबाट मानिस प्रेरित हुन्छ, मुग्ध हुन्छ र प्रकृतिका बिबिध रुप,रंग र गतिबिधिहरुबाट मोहित र सम्मोहित हुने गर्दछ । अनि त्यसै क्रममा मानिसले नदीहरुको कल कल सुन्छ, चराहरुको चिर्बिर सुन्छ झर्नाहरु झंकारको अनुभव गर्दछ, हावाको सुँई सुँई, बर्षाको रिमझिम यी आदिइत्यादि कुराबाट मानिसको मन तरंगित हुन्छ र गीत संगीतको प्रार्दुभाब हुने गर्दछ भनिन्छ ।
 
कतिले त्यसलाई आत्मसात गरेर प्रस्फुटन गराउने र त्यसलाई अझ परिमार्जित गर्ने गर्दछन् कलाकार बन्दछन् भने कतिपयले ती कुराहरुलाई गुनगुनाउने सीमाभन्दा पर लग्ने बातावरण पाउँदैेनन् र त्यसैमा सीमित हुन पुग्दछन् । जे होस् कला भन्ने जुन कुरा छ त्यो मानब समाजको महत्वपूर्ण पक्ष हो । त्यसैले भन्ने गरिएको छ नि – ‘साहित्य, संगीत कला बिहीन, साक्षात् पशु पुच्छ बिषाणहीन’ अर्थात साहित्य, कला, सँस्कृति नभएको मानिस वास्तवमा सिंग पुच्छर नभएको पशु जस्तै हो’ । मानिस सिक्ने सिकाउने भएर नै मानिस भएको हो । त्यसको पछाडि श्रमको दृष्य अदृष्य ठूलो भूमिका रहेको हुन्छ । त्यसैले सुन्दरता, कला, सस्कृतिलाई श्रमको उपजको रुपमा पनि हेर्ने र ब्याख्या गर्ने गरिएको छ । यो कुरा सत्यको सबैभन्दा नजिक पनि लाग्दछ ।