आइतबार, आश्विन १८ गते २०८३

नियमित आय भएका ग्राहकले स्थिर ब्याजदरमा ऋण पाउने


माघ २९, २०८१ मंगलबार
नियमित आय भएका ग्राहकले स्थिर ब्याजदरमा ऋण पाउने


नेपाल राष्ट्र बैंकले नियमित र निश्चित आय भएका व्यक्तिहरुका लागि उपयुक्त हुने गरी बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको जनाएको छ ।

राष्ट्र बैंकले आज वित्तीय चेतनाको लागि एक सूचना जारी गर्दै  बैंक तथा वित्तीय संस्थालाई कर्जा उपभोग गरे बापत तिर्नुपर्ने ब्याज रकम र आफ्नो आयबीचमा लातमेल नभएमा कर्जा भुक्तानीमा समस्या हुने जनाएको छ । यस प्रयोजनाका लागि बैक तथा वित्तीय संस्थाले एक बर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुनेगरी स्थिर ब्याजदर निर्धारण गर्नु पर्ने जनाएको छ ।

नियमित  आम्दानी भएका व्यक्तिले स्थिर ब्याजदरमा कर्जा उपभोग गर्दा कर्जा अवधिभर ब्याजदर परिवर्तन नहुने र निर्धारित अवधिमा नै कर्जा भुक्तानी  समेत हुने सूचनामा उल्लेख छ । तर ग्राहकले स्वयम्ले परिर्वतनीय ब्याजदरमा नै कर्जा लिन चाहेमा भने ग्राहकको अनुरोधमा परिर्वतनीय ब्याजदर कायम गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । ब्याजदर र आम्दानी तालमेल हुने गरी कर्जा कारोबार गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।